Comments Add Comment

माओवादी नेता अनन्तलाई उपचार गर्न बैंकक लगिँदै

१५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि आज बैंकक लगिँदैछ । पुनसँगै उनकी पत्नी एवम् सभामुख ओनसरी घर्तीमगर पनि बैंकक जाँदैछिन् ।

उनको उपचार यसअघि ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भइहेको थियो । अस्पतालले आजै डिस्चार्ज गर्ने र बैंककस्थित समिति भेज अस्पतालमा उपचारका लागि लैजाने पुन निकट स्रोतले अनलाइनखबरलाई बतायो ।

‘उहाँ (अनन्त) रोल्पाबाट फर्किएदेखि नै आएको ज्वरो घटेन । बान्ता पनि भइराख्यो । हिजो अस्तीको तुलनामा आज अलि कम ज्वरो आएको मौकामा बैंकक लैजान लागिएको हो,’ स्रोतले भन्यो ।

जण्डिस बिग्रिएपछि यसअघि अनन्तलाई बैंकककै समिति भेज अस्पतालमा उपचार गरिएको थियो । करिब एक महिना लामो उपचार पछि स्वास्थ्यमा केही सुधार आएपछि गत वर्ष माघमा उनलाई नेपाल फर्काइएको थियो ।

केही दिन आराम गरेपछि राजनीतिमा सक्रिय भएका अनन्त गत महिना रोल्पाको कार्यक्रममा सहभागी हुन गएका बेला पुनः बिरामी भएका थिए । त्यसपछि उनलाई यही फागुन ७ गते ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

पूर्व अर्थमन्त्रीसमेत रहेका पुनको ज्वरो हाल नियन्त्रणमा आएको र स्वस्थ्य अवस्था सामान्य रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जानकारी दिए । सम्बन्धित अस्पतालमा उनको नियमित फलोअपको समय केहि ढीलो भइसकेकाले उनलाई आजै बैङ्कक जानकालागि रेफर गरिएको समेत डा. पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment