+
+

बालाजुमा सवारी दुर्घटनाः एकको मृत्यु, एक घाइते

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १६ गते १०:०२

१६ फागुन, काठमाडौं । काठमाडौंको बालाजुमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

बालाजुस्थित फुलबारी गेटमा सोमबार विहान ५ बजे ना ३ ख ६२१६ नम्बरको बसले बा ७२ ६६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका तार्केश्वरका ३५ वर्षीया गंगा फुयाँलको मृत्यु भएको छ । चालक ३८ वर्षीय राजकुमार फुयाँल गम्भीर घाइते भएका छन् र उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकललाई ठक्कर दिएपछि बस भित्तामा गएर जोतिएका कारण बाटो समेत अवरुद्ध भएको छ ।

घटनामा विरोधमा स्थानीयहरुले प्रदर्शन गरेका कारण बालाजु बाइपास क्षेत्रको सवारी प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?