+
+

विद्यालय परिसरमा भेटियो बम, जयकृष्ण गोइतले लिए जिम्मा

 एस.के. शान एस.के. शान
२०७३ फागुन १७ गते ११:५७

१७ फागुन, सप्तरी । राजविराज-९ स्थित पिस जोन मोडेल स्कुल अगाडि दुई वटा बम फेला परेका छन् । एउटा बम विद्यालय प्रांगणमै र अर्काे बम विद्यालयबाट करिब एक सय मिटरको दूरीमा फेला परेको हो ।

बमका कारण शिक्षक, विद्यार्थी र अभिभावक त्रसित भएका छन् ।

दुबै सकेट बमलाई राजविराजस्थित नेपाली सेनाको श्रीकृष्ण गणको टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डिएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

यसैबीच यो बम आफ्नो समूहले राखेको जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले जनाएको छ । घटनास्थलमा जनतान्त्रिकको पर्चा समेत फेला परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?