Comments Add Comment

दरबारमार्गमा रिबकको शोरुम, ओपनिङमा आकर्षक छुट


१७ फागुन, काठमाडौं । लोकप्रिय युरोपियन रिबक ब्राण्डको आधिकारिक स्र्पोट्स फेसन शो-रुम खुलेको छ । रुट्स फेशन प्रालिले आजबाट रिबक ब्राण्डको शो-रुम सञ्चालनमा ल्याएको हो ।

पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिहंले एक कार्यक्रमका बीच शो-रुमको उद्घाटन गरे । विशेषगरी खेलकुद क्षेत्रमा प्रयोग हुने विभिन्न सामग्रीसहित जुत्ता, ट्रयाक सुट, टिसर्ट लगायकत विभिन्न फेशन आइटम शो-रुममा राखिएको छ ।


खेलकुद क्षेत्रमा लागेका र लाग्न लागेका ब्यक्ति र खेलाडीहरुलाई लक्षित गरी शो-रुम स्थापना गरिएको प्रवन्धक निर्देश्क संजीव तुलाधरले जानकारी दिए ।

शो रुममा मौसमअनुसार सबै प्रकारका खेल सामग्री तथा पहिरनहरु राखिने उनले बताए । अब रिबक ब्राण्डमा स्र्पोट्स आइटमहरु न्युरोड र त्रिपुरेश्वरमा बिक्री वितरण सुरु गर्ने भएको छ । ओपनिङको अवसरमा एक साताका लागि १५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment