Comments Add Comment

सलमानले फिल्ममा किन गर्दैनन् किस ?

अक्षय आइतबार काम गर्दैनन्

बलिउडका ठूला स्टारहरु हचुवामा कुनै पनि फिल्म साइन गर्दैनन् । ब्यानरदेखि स्क्रिप्टसम्म सबै कुरा चित्त बुझेपछि मात्र फिल्म खेल्न तयार हुन्छन् ।

यसका अतिरिक्त केही यस्ता कलाकार छन् जो हरेक फिल्ममा साइन गर्नुपूर्व पूर्वशर्त राख्छन् । यहाँ तीनै कलाकारको बारेमा चर्चा गरिएको छ ।

सलमान खानः कयौं सुपरहिट फिल्म दिइसकेका सलमान खानको हरेक फिल्ममा साइन गर्नुअघि पूर्वशर्त हुन्छ, नो किसिङ सिन । वास्तविक जीवनमा जति रोमान्टिक भए पनि उनी फिल्ममा हिरोइनलाई किस खान रुचाउँदैनन् । वर्षौंदेखि उनले नो किसिङको नियम बनाएर यसलाई गर्दै आएका छन् ।

करिना कपूरः यदि फिल्ममा ए-लिस्ट कलाकारहरु छैनन् भने करिना ती फिल्ममा काम गर्दिनन् । करीनाले फिल्मका लागि गर्ने सम्झौतामा नै यो उल्लेख हुन्छ । उनले अहिलेसम्म गरेका फिल्महरुमा यो शर्तलाई कायम राख्दै आएकी छिन् ।

अक्षयकुमारः हरेक वर्ष २-३ फिल्ममा अभिनय गर्न भ्याउने अक्षय कुमार आइतबार कहिल्यै काम गर्दैनन् । उनको सम्झौतामा यही शर्त राखिएको हुन्छ कि आइतबार उनले फिल्मको सुटिङ गर्ने छैनन् । आइतबार उनले परिवारका लागि समय दिन्छन् । यद्यपि ब्रदर्श र वान्स अपन अ टाइम इन मुम्बई दोबारा जस्ता फिल्ममा उनले यो नियम तोडेका थिए ।

ऋतिक रोशनः ऋतिक रोशन आफ्नो बडी र फिटनेसमा अत्यधिक ध्यान दिन्छन् । उनी जहिले पनि आउटडोर सुटिङमा जाँदा त्यस ठाउँको सबैभन्दा राम्रो जिम आफ्नो लागि बुक गराउँछन् । यसका साथै उनी आफ्नो भान्से पनि साथमा लैजान्छन् ताकि आउटडोर सुटिङमा भनेजस्तो खान पाइयोस ।

सोनाक्षी सिन्हाः बलिउडकी दबंग गर्ल सोनाक्षी सिन्हा पनि अन स्त्रिmन किस खान रुचाउँदिनन् । जहाँ नयाँ अभिनेत्रीहरु किसिङ सिन गर्न कत्ति पनि हिच्किचाउँदैनन् त्यहाँ सोनाक्षी भने यसबाट टाढै रहन्छिन् । बुवा सत्रुधन सिन्हाले उनलाई किसिङ सिनमा रोक लगाएको चर्चा पनि चल्ने गरेको छ ।

रेखाः बलिउडकी ‘टाइम लेस ब्यूटी’ रेखा कुनै कुरा मन परेन भने बीचैमा फिल्म छोडिदिन्छन् । २०१६ मा आएको ‘फितूर’मा कैटरिना कैफकी आमाको भूमिका तब्बुभन्दा पहिले रेखाले निभाउनेवाला थिइन् । आधाभन्दा बढि सुटिङ पनि भइसकेको थियो । तर आफ्नो रोल र लुक्स मन नपरेको भन्दै उनले फिल्मलाई बीचमै बाइबाइ गरिन् ।

अक्षय खन्नाः लामो अन्तरालपछि अक्षय खन्नाले एक्सन कमेडी फिल्म ‘ढिसुम’ बाट कमब्इाक गरे । यद्यपि यो फिल्म साइन गर्नुभन्दा अगाडि उनले शर्त राखेका थिए कि उनी यस्तो भिलेनको रोल गर्ने छैनन् जो हिरोबाट खाली पिटाइ खाइरहन्छ ।

कंगना रनौतः अभिनेत्री कंगना रनौटले रंगुन साइन गर्ने बेलामा शर्त राखेकी थिइन् कि उनले दुई हिरोहरु सैफ अली खान र साहिद कपुरभन्दा एक लाख बढि पारिश्रमिक पाउनुपर्छ । सोही शर्त बमोजिम सैफ र साहिदलाई सात-सात करोड पारिश्रमिक दिइयो भने कंगनालाई सात करोड एक लाख दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment