Comments Add Comment

रवीन्द्र मिश्रले जुराए पार्टीको नाम

१८ फागुन, काठमाडौं । पत्रकारिता छाडेर राजनीतिमा आएका रविन्द्र मिश्रले पार्टीको नाम जुराएका छन् ।

उनको नयाँ पार्टीको नाम साझा पार्टी राखिएको छ । चुनाव चिन्ह भने तराजु प्रस्ताव गरिएको छ । मिश्रको अगुवाईमा पार्टी गठनमा सक्रिय एक नेताले भने, ‘अहिले दल दर्ता त बन्द छ । तर, नाम र चुनाव चिन्ह सुरक्षित गर्न चाहेका छौं ।’

पार्टीको औपचारिक घोषणा केही साताभित्र हुनेछ र, पार्टीको संयोजक मिश्र नै रहनेछन् ।

चर्चित पत्रकार मिश्रले मंगलबार बीबीसी नेपाली सेवा छाड्दै पार्टी गठन गर्ने घोषणा गरेका थिए ।

यी पनि पढ्नुस्

रविन्द्र मिश्रः स्वेच्छिक बन्दीका महत्वाकांक्षी छोरा !

नयाँ पार्टी खोल्ने रवीन्द्र मिश्रको घोषणा, को-को छन् टिममा ?

रवीन्द्र मिश्रको पार्टी घोषणा ‘केही दिनमै’, को-को छन् टिममा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment