+
+

जीवनसाथी पाउन के-के मात्र गर्दैनन् यी युवतीहरु ?

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १८ गते २१:००

अफ्रिकी देश चाडका बुडाबी आदिवासी समुदायमा अहिले हप्ताभर चल्ने एउटा परम्परागत पर्व गेरेबुल चलिरहेको छ ।

यो पर्व उक्त समुदायका युवतीहरुका लागि विशेष महत्वको छ । यही पर्वमा पुरुष जीवनसाथीको खोजीमा युवतीहरु अनेक हर्कत गर्दै सहभागी हुन्छन् ।

यो पर्वका दौरान युवतीहरु श्रृंगारपटार गरी राम्रा राम्रा कपडा लगाएर तन्नेरीहरुलाई आफूतर्फ आकर्षित गर्ने प्रयास गर्दछन् । साथै उनीहरु याके नामको परम्परागत नाच पनि देखाउँछन् ।

यो अफ्रिकाको एउटामात्र यस्तो संस्कृति हो जहाँ आफ्ना छोरीहरुलाई आफ्नो जीवनसाथी छान्ने अधिकार दिइन्छ । अझ रोचक कुरा त के भने यो पर्वका दौरान विवाहित महिलाहरु समेत सेक्सका लागि अरु जुनसुकै पुरुष रोज्न सक्दछन् ।

वुुडाबी आदिवासीहरु सदियौँ पहिलेदेखि अफ्रिकाको उक्त हिस्साबाट पलायन भएको फुलानी तथा तुुर्गे संस्कृतिको एक उप समूह हो । यो आदिवासी समुदायले गधा पाल्छ । यिनीहरु आमरुपमा दूध, दही, अन्नका साथै गुलियो चिया र कहिलेकाहीँ बाख्रा र भेँडाकेा मासु पनि खान्छन् ।

वुुडाबी समुदायले मनाउने यस पर्वका बेला सूर्योदयसँगै बुडाबी पुरुषहरु समारोहमा सामेल हुनका लागि तयार हुन थाल्दछन् । उनीहरु चिल्लो माटो, ढुंगा तथा जनावरको हड्डी पिँधेर बनाइएको पेष्ट आफ्नो अनुहारमा दलेर मेकअप गर्दछन् । कतिपय पुरुषले त आफ्ना सेता दाँत टलक्क टल्कियून् भन्नका लागि ओठमा ब्याट्रीको कालो दल्ने गर्दछन् ।

समारोहमा सामेल हुने पुरुषहरु आफ्नो निधार चौडा देखियोस् भन्नका लागि निधार आसपासका कपालका रौँ खौरिन्छन् । नृत्यका बेला आफ्नो आँखा नचाउनु र आफ्ना सेता र सफा दाँतबाट महिलालाई आकषिर्त गर्ने ध्याउन्न उनीहरुको हुन्छ ।

चिया पिउनु यो समुदायको संस्कृतिको अभिन्न अंग हो । गेरेबुल पर्वका दौरान यो समुदायका पुरुषहरु एउटा विशेष रुखको बोक्राबाट तयार गरिएको चिया पिउँछन् । यस्तो चियाको मायावी असर हुने र केटीहरु आफुप्रति आकषिर्त भएर आफैलाई जिवनसाथी रोज्छन् भन्ने मान्यता पुरुषहरुमा हुन्छ । साथै उक्त चिया पिएपछि घण्टौँसम्म नाच्न सकिन्छ भन्ने पनि मान्यता छ ।

सामुदायिक स्तरमा गेरेबुलको तयारी गरिन्छ । तन्नेरीहरुलाई ह्याण्डसम बनाएर पेश गर्नका लागि हरेक व्यक्तिले सहयोग गर्दछन् । समारोहमा भाग लिनका लागि पुरुषहरुले पनि महिलाले जस्तै घण्टौँसम्म तयारी गर्दछन् ।

वास्तवमा बुडावीलाई विश्वको सबैभन्दा घमण्डी आदिवासी जनजाति मानिन्छ । यिनीहरु सिंगारका लागि चाहिने सुन्तला रंगको पाउडर खोज्नका लागि १४ सय किलोमिटर सम्म हिडेर नाइजरको जांगोरिया सम्म पुग्दछन् ।

गेरेबुल पर्वको आयोजना वर्षमा एकपटक मात्र गरिन्छ । त्यसैले त्यहाँ जीवनसाथी पाउने दबाब तथा सम्भावना पनि उत्तिकै हुन्छ ।

यद्यपि बुडाबी महिलाहरु पुरुषको तुलनामा कम मेकअप गर्छन् । तर आफ्नो रुपरंगमा भने निकै जोड दिन्छन् । कपाल सजाउनमा उनीहरु विशेष ध्यान दिन्छन् । यस समुदायका महिलाहरुको अनुहारमा बच्चैमा टाटु खोपिएको हुन्छ, जुन उक्त आदिवासी समुदायको प्रतीकको रुपमा रहेको हुन्छ ।

हप्ताभर चल्ने यो समारोहको अन्त्यमा महिलाहरुले आफ्नो हातको इशाराले आफ्नो पति चुन्छन् । यो निकै तिव्र गतिमा हुन्छ कि उनीहरुले आफ्नो भावी पतिसँग आँखा पनि जुधाउँदैनन् त्यो बेला ।

समारोहको अन्त्यमा कति पुरुषले जीवनसाथी भेटाउँछन् त कति रित्तो हात फर्किन्छन् र अर्को वर्षसम्म प्रतीक्षा गर्न बाध्य हुन्छन् । विवाहित र अविवाहित सबै पुरुषहरु पर्व सकिएसँगै पुनः फिरन्ते जीवनमा फर्किन्छन् ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?