Comments Add Comment

रुखले किचेर पाँचथरमा एकको मृत्यु

रविन भट्टराई

१९ फागुन, ताप्लेजुङ । रुख काट्ने क्रममा पाँचथरको फिदिममा सोही रुखले किचेर ताप्लेजुङका एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङ दोखु बस्ने ४२ बर्षीय हेम कुमार पालुङवा छन् ।

फिदिम नगरपालिका १ बस्ने आइतराज केरुङले सोहि ठाँउ बस्ने बन्धना मोक्तानको घरमा रहेको काभ्राको रुख काट्ने क्रममा उक्त रुख लडेर पालुङवालाई किचेको थियो ।

घाइते पालुङवाको जिल्ला अस्पताल फिदिममा उपचारको क्रममा बुधबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

रुख धनी मोक्तान र रुख काट्ने केरुङलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment