Comments Add Comment

सत्य निरुपणका अध्यक्ष तेल हाल्छन्, कार्यालय आउँदैनन्

अध्यक्षको बेवास्ताका कारण आयोगको काम प्रभावित

सूर्यकिरण गुरुङ

१९ फागुन, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ कार्यालयमा हाजिर हुन छाडेका छन् । कार्यालयमा अध्यक्ष अनुपस्थित भएपछि करिब ३ साता यता आयोगले केही पनि काम गर्न सकेको छैन ।

‘केही सातायता अध्यक्षज्यू कार्यालयमा आउनुभएको छैन,’ आयोग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘अध्यक्षको अनुपस्थितिका कारण आयोगको बैठक नै बस्न सकेको छैन ।’

अध्यक्ष गुरुङ कार्यालयमा नआए पनि आयोगको गाडी र सवारी चालकलाई भने आफ्ना व्यक्तिगत काममा प्रयोग गर्दै आएको स्रोतले बतायो । स्रोत भन्छ, ‘उहाँले सवारी चालकलाई हाजिर गर्न र गाडीमा हाल्ने तेलको कुपन लिन पठाउने गर्नुभएको छ ।’

आयोगका अध्यक्षले सरकारबाट मासिक डेढ सय लिटर पेट्रोल पाउने गरेका छन् ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगमा रहेका पाँच पदाधिकारीवीच चर्को विवादका कारण आयोगको काम अगाडि बढ्न सकेको छैन । आयोगको म्याद थप्ने विषयमै अन्योल देखिएपछि अन्तिम घडीमा एक वर्ष म्याद थपिएको छ । तर, अध्यक्षले राजीनामा दिन्छु भन्दै कार्यालय आउन छाडेका छन् ।

यसैबीच आयोगको बैठक नबसेको गुनासोसहित आयोगका अन्य पदाधिकारीले मुख्य सचिवसमक्ष लिखित गुनासो गरेको स्रोतले बतायो ।

आयोगका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘हामीले अध्यक्षको अनुपस्थितिमा बरिष्ठ सदस्य लीला उदासीलाई बैठकको नेतृत्व गर्न भन्यौं तर उहाँले अध्यक्षजीले विदा नलिएको, विरामी पनि नपरेको र विदेश पनि नगएको अवस्थामा आफूले बैठक बोलाउन नसक्ने जनाउ दिनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment