+
+
Shares

भारतीय अर्थमन्त्रीले भनेः नेपालमा रेल सञ्जाल र प्रशारण लाइन सहयोग प्राथमिकतामा

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १९ गते १७:१०


१९ फागुन, काठमाडौं । भारतीय वित्त मन्त्री अरुण जेट्लीले रेल सञ्जाल र प्रशारण लाइन विस्तारमा सहयोग गर्न भारत सरकार गम्भिर रहेको बताएका छन् ।

बिहीबारबाट नेपालमा सुरु भएको २ दिने लगानी सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘विद्युत् प्रशारण लाइन, नयाँ सडक,  नेपाल र भारत जोड्ने रेलमार्ग, सिचाई आयोजना, बिभिन्न शैक्षिक प्रतिष्ठान र हेल्थ केयर इस्ट्च्यिुशनको विकासमा नेपाललाई सहयोग गर्ने विषयमा हामी गम्भिर छौं,’ जेट्लीले भने, ‘यी क्षेत्रमा हामीले सहयोग गर्दै आएका छौं र यसले निरन्तरता पाउने छ ।’

उनले नेपाल र भारतको पृष्ठभूमि एउटै भएकोले नेपालले पनि विकास गर्न सक्नेमा आफु विश्वस्त रहेको बताए । उनले नेपालले पनि पहिलो प्राथमिकता सडक, विद्युत् जस्ता आधारभुत पूर्वाधारमा दिनुपर्ने उल्लेख गरे ।

‘हामीले योजना बनाउँदा सन् २०१८ सम्ममा सबै ग्रामिण क्षेत्रमा विद्युत् र सन् २०१९ मा सडक पुर्याउने योजनाका साथ अगाडि बढेका थियौं, हाम्रो सम्वृद्धिको आधार वर्षको रुपमा रहेको सन् १९९१ लाई फर्केर हेर्दा यही कारण पनि सन्तुष्टि हुन्छ,’ जेट्लीले भारतमा भएको बिकास बारे जानकारी दिँदै भने ।

यहाँको मानव संशाधन, सरकारले अहिले लगानी भित्र्याउन देखाएको हार्दिकता हेर्दा नेपालले विकास गर्न सक्नेमा आफु विश्वस्त रहेको समेत उनले बताए ।

‘२ वर्ष अगाडिको भूकम्पले यो देशमा केही समस्या पर्यो तर, यहाँका मानिसहरु कडा परिश्रम गर्छन्, यहा प्राकृतिको बरदान छ, देश भित्र आवश्यक पर्ने विद्युत् उत्पादन गर्न सक्ने क्षमता पनि छ,’ जेट्लीले भने ।

उनले नेपालमा लगानी भित्र्याउने र सहज बर्हिगमन दिने वातावरण राम्रो हुन नसकेको संकेत गर्दै भारतमा यो व्यवस्था रहेकोले लगानी आकर्षण गर्न सकिएको जानकारी पनि दिए । ‘हामीले सन् १९९१ ताका कतिपय टेलिकम र उत्पादन क्षेत्रमा ‘मोनोपली’ नै दियौं, यसले राम्रो नतिजा पनि दियो, यदि यसले बिकास सम्भव हुन्छ भने सधै लगानीको रंग हेर्नु हुँदैन,’ जेट्लीले बताए ।

उनका अनुसार भारतले अहिले २ सय ५० वटा राजमार्ग निर्माण गरिरहेको र ४ सय रेल स्टेशन पुनरसंरचना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?