+
+
Shares

कोकाकोलाको अनुभवः नेपालमा लगानी गर्दा उच्च मुनाफा

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १९ गते १९:२१


१९ फागुन, काठमाडौं । नेपालमा लगानी गर्दा उच्च मुनाफा कमाइने विदेशी कम्पनीहरुले जनाएका छन् । कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सनले नेपालमा लगानी गर्दा राम्रो नाफा कमाइने बताए ।

राजधानीमा आयोजित अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा बोल्दै भार्सनले नेपालमा भएको लगानीबाट आफ्नो कम्पनीले राम्रो नाफा आर्जन भएको अनुभव सुनाएका हुन् ।

बोट्लर्स नेपालले नेपालमा कोक, फ्यान्टा र स्प्राइट जस्ता पेय पदार्थको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।

त्यस्तै युनिलिभरका प्रवन्ध निर्देशक शुयस चौहानले पनि नेपालमा भएको लगानीबाट राम्रो मुनाफा कमाएको बताउँछन् ।

उनले भने ‘ हाम्रो उत्पादनले ग्राहकको मन जित्न सफल भएका छाैं, उत्पादन र मूल्यमा ग्राहक खुसी भएकै कारण हामीले नाफा कमाउन सम्भव भएको हो ।’

यसरी नाफा कमाएकाले युनिलिभरले आफ्नो उत्पादनलाई थप बढाउने तयारी गरिरहेको समेत चौहानले जानकारी दिए ।

विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्दै उत्पादन बढाउने तयारी भएकेा चौहान बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?