Comments Add Comment

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा चैत २० गतेदेखि(परीक्षा तालिकासहित)

२० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा आगामी चैत २० गतेदेखि सुरु हुनेछ ।

विश्वविद्यालय अन्तर्गतका मानविकी, शिक्षाशास्त्र र जनप्रशासनका सम्पूर्ण विद्यार्थी र व्यवस्थापन संकायतर्फ २०७३ साल असारमा भर्ना भएका विद्यार्थीका लागि मात्रै परीक्षा तालिका सार्वजनिक गरिएको छ ।

परीक्षा बैशाख ६ गतेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर प्रथम वर्ष, चार वर्षे स्नातक तहको चौथो वर्ष, एक वर्षे बिएड र एलएलएम दोस्रो वर्षका विद्यार्थीहरुलाई परीक्षा फारम भर्न पनि सूचना जारी गरेको छ । फारम भर्ने पहिलो म्याद सकिएकाले छुटेका विद्यार्थीहरुलाई चैत २ गतेभित्र दोब्बर दस्तुर तिरेर फारम भर्न कार्यालयले सूचना प्रकाशित गरेको हो ।

रजिष्ट्रशन फारम भर्न छुटेका स्नातक तह प्रथम वर्षका विद्यार्थीलाई पनि फागुन मसान्तभित्र फारम भरिसक्न पनि कार्यालयले सूचना जारी गरको छ ।

हेर्नुहोस्, परीक्षा तालिकाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment