Comments Add Comment

लगानीकर्तालाई ऊर्जामन्त्रीको आह्वान- नेपाल बाँझो जमिन हो, जोत्नुस् र लाभ लिनुस्

२० फागुन, काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपालमा लगानीका प्रशस्त सम्भावना भएकाले लगानी गर्न सबैलाई आह्वान गरेका छन् । नेपाललाई ‘बाँझो जमिन’को संज्ञा दिँदै उनले त्यसबाट फाइदा लिन लगानीकर्तालाई आह्वान गरे ।

काठमाडौंमा जारी लगानी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले भने, ‘नेपाल बाँझो जमिन हो र जोत्ने भनेकै बाँझो जमिन हो ।’

संविधान जारी भएपछि लगानीको वातावरण बनेको दाबी गर्दै मन्त्री शर्माले अधिकतम लाभ लिन आह्वान गरे । उनले भने, ‘हाल जारी भएको संविधान र ऊर्जा क्षेत्रमा भइरहेको बिकासले लगानीकर्ताहरुलाई स्वागतयोग्य वातावरण बनाएको छ । यहाँबाट अधिकतम लाभ लिन सकिने अवस्था पनि छ, चाहे त्यो जलविद्युतमा होस् वा अन्य क्षेत्रमा । त्यसैले म तपाईहरुलाई लगानी गर्न आह्वान गर्दछु ।’

नेपाल अति कम बिकसित राष्ट्र भएपनि हाल ऊर्जा क्षेत्रमा भइरहेको प्रगतीले यस देशलाई विकशित राष्ट्र बनाउने उनले दाबी गरे ।

शर्माका अनुसार हाल ३ हजार ९ सय मेगावाट विद्युत् उत्पादनको प्रक्रियामा छन् भने ५ हजार ४ सय मेगावाट विद्युत् उत्पादन गर्न तयारीमा रहेको आयोजनाहरुलाई लाइसेन्स दिने काम भइरहेको छ । हाल सरकारले ८ हजार ४ सय मेगावाट विद्युत् आयोजना पाइपलाइनमा राखेको समेत शर्माले जानकारी दिए ।

उनले अहिले सरकार समेत विद्युत् उत्पादनको लागि नेपाली जनतासँग रहेको ‘पाई-पाई’ पैसा पनि संकलनको क्रममा रहेको उल्लेख गरे । नेपालमा उत्पादन भएको विद्युत् खपतमा चिन्ता गर्नुपर्ने अवस्था नै नभएको उनी बताउँछन् ।

‘यसमा किन चिन्ता गर्नुपर्छ र विद्युत् उत्पादनमा आएको तरंगले नेपालमै औद्योगिक हब बन्ने वातावरण बनाउँदैछ, यहाँको सबै क्षेत्र भाइब्रेन्ट हुँदै छ । यहाँ खपत गर्न सकिने अवस्था भएन भने पनि विद्युत् खोजी गरिरहेका चीन, भारत, बंगलादेश जस्ता राष्ट्रमा विद्युत् बिक्री गर्न सकिन्छ,’ शर्माले विद्युत् खपतको बाटो पहिल्याए ।

सरकार विद्युत् उत्पादनमा रहेका नीतिगत व्यवस्था सजिलो बनाउन र प्रक्रियागत झण्झट हटाउन लागिपरेको समेत उनले सम्मेलनमा अवगत गराए ।

सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सरकार यातायातको पूर्वाधार बिकासमा निजी क्षेत्रलाई प्रवेश गराउन लागिपरेको जानकारी दिएका छन् ।

‘सडक, रेलवे, रोपवेमा हामी निजी क्षेत्रलाई प्रवेश गराउने तयारीमा छौं । यहाँ उपस्थित स्वदेशी विदेशी लगानीकर्तालाई पनि यसमा सहभागिता जनाउन म आग्रह गर्दछु,’ मन्त्री लेखकले भने ।

उनले राजनीतिक दलमा देखिएको प्रतिवद्धता र नयाँ बनेको संविधानले बिदेशी लगानीकर्तालाई पनि लगानीको लागि स्वागत गरिरहेको जानकारी गराए । उनले हाल सरकारले बनाइरहेको केबलकार निर्माण सम्बन्धी निर्देशिका अन्तिम चरणमा पुगेको पनि कार्यक्रममा जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment