२० फागुन, काठमाडौं । आरआर क्याम्पसमा स्ववियु चुनावको नयाँ मिति घोषणा भएपछि नेविसंघ र अखिल क्रान्तिकारीले विरोध गरेको छ । ३ बुँदे माग राख्दै नेवि संघ र क्रान्तिकारी प्रदर्शनमा उत्रिएपछि आरआर क्याम्पस परिसरमा तनाव बढेको छ ।
दुई विद्यार्थी संगठनले आफूहरुसँग छलफल नै नगरी निर्वाचन तालिका सार्वजनिक भएको भन्दै खारेज गर्न र संयुक्त छलफल गरेर नयाँ बनाउन माग गरेका छन् ।
साथै १८ गते हुन नसकेका सबै क्याम्पसमा देशभर चुनाव गर्नु पर्ने नेविसंघ र क्रान्तिकारीको माग छ । आरआरमा कर्फ्यू लगाइएको दाबी गर्दै उनीहरुले यस्तो अवस्थामा हुने चुनाव मान्य नहुने दुबै विद्यार्थी संगठनको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4