२० फागुन, काठमाडौं । सरकारले आगामी ५ वर्षभित्र २५ वटा नयाँ तारे होटल खोल्ने घोषणा गरेको छ । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनबहादुर शाहीले ५ वर्षभित्र थप २५ वटा स्टार होटल थप्ने घोषणा गरे ।
निजी क्षेत्रमार्फत २५ वटा होटल खोल्न सरकारले पहल लिने भएको हो । मन्त्री शाहीले सरकारले अब काठमाडौं र पोखराममा मात्रै पयर्टन प्रवर्द्धन नगर्ने भन्दै रारा, खप्तडसहित विभिन्न ग्रामीण क्षत्रेमा पनि पर्यटक पुर्याउने गरी योजना बनाएको बताए ।
त्यस्ता ग्रामीण क्षेत्र लक्षित पर्यटकीय होटल र पूर्वाधारहरुमा सरकारले कर छुटको ब्यवस्था गर्ने उनको भनाइ थियो । अहिले नेपालमा १० वटा मात्रै ५ तारे तारे होटल रहेकाले पर्यटकको चाप थेग्ने अवस्था नरहेको बताए ।
उनले यसैमा आधारित भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरे । उनले अब पर्यटककको सुविधाका लागि विभिन्न युरोपियन देशसँग सीधा उडान स्थापित गर्ने पनि बताए ।
उनले भैरहवामा पनि अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको भन्दै यसमार्फत पनि पर्यटन प्रवर्द्धन हुने भएकाले लगानीका आग्रह गरे ।
प्रतिक्रिया 4