२० फागुन, काठमाडौं । विहीबार लगानी सम्मेलनमा परिणाम राम्रो आउने निश्चित भए पैसाको रंग हेर्न आवश्यक नरहेको भन्ने भारतीय अर्थमन्त्रीको भनाई आएसँगै लगानीकर्ताहरुले पनि पुँजी निवेष र विनिवेषमा नेपालले ध्यान दिनु पर्ने धारणा राखेका छन् ।
‘भारतमा नै पनि ‘अटोमेटिक रुट’ बाट ९० प्रतिशत जति बैदेशिक लगानी भित्रने गरेको छ, तर यहाको उद्योग बिभागका कर्मचारीहरु सेयर संरचना लगायतका कागजी कुरामा अलझिन्छन्, जबकी उनीहरु त्यो के हो भनेर आफै बुझ्दैनन्,’ डोल्मा डभेलपमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत टिम गोचरले लगानी सम्मेलनमा आयोजित भने ।
उनले नेपालले पनि भारतले जस्तै लगानी रणनीति लिएमा हाल ठुला आयोजनाको लागि अपुग भनिएको २० अर्ब डलर जुटाउन सजिलै सकिने बताए ।
‘भारतमा बैदेशीक लगानी भित्र्दा बैंकमा ३० दिन रकम राख्नु पर्छ, त्यो अवधिमा सम्पत्ती शुद्धिकरण लगायत सबै किसिमको जाँच भइसक्छ, नेपालमा पनि यसै गर्यौ र सजिलै लगानी भित्रने वातावरण बनाउ,’ गोचरको सुझाव छ । हाल बार्षिक ५ करोड लाख डलर बैदेशीक लगानी भित्रने गरेकोमा यसलाई वृद्धि गर्न पनि यस्तो नीति आवश्यक पर्ने उनी बताउछन् । नेपालमा बैदेशिक लगानी भित्र्याउन केही लामो समय लाग्ने गरेको भएपनि धैर्य गर्न सकेमा निजी क्षेत्रले राम्रो प्रतिफल पाउने अवस्था रहेकोमा भने सुनिश्चित हुन उनले उपस्थित लगानीकर्तालाई आग्रह गरे ।
कडा हुनैपर्ने बाध्यता
यता, गभर्नर डा. चिरजीवि नेपालले भने अन्तराष्ट्रिय नियमहरुका कारण पनि नियमनमा कडाई हुनै पर्ने अवस्था रहेको सपष्ट पारेका छन् ।
‘फाइनान्सियल एक्सन टास्क फोर्स जस्ता अन्तराष्ट्रिय नियम हाम्रो उच्च प्राथमिकतामा छ, हाम्रो देश केही बर्ष अगाडी सम्म ग्रे एरिया (कालो सुचीभन्दा केही माथी) थियो, त्यसैले पनि हामीले कडा नियमन गर्नै पर्ने बाध्यता छ,’ गभर्नर नेपालले भने ।
लगानी ल्याउन यी काम गर्नैपर्छ
उपस्थित वक्ताहरुले नेपालमा लगानी भित्र्याउँन बिभिन्न काम गर्न आवश्यक रहेको बताएका छन् । ती निम्न अनुसार छन् :
कर्मचारीको दक्षता अभिवृद्धि
सम्पूर्ण प्रक्रिया एक द्धार प्रणालीबाट
देशकै रेटिङ गर्नुपर्ने
सरकारले सार्वभौम ऋणपत्र जारी गर्नुपर्ने
अदालत बाहिरै मुद्धा सल्टाउन सकिने प्रक्रिया (ल अफ आर्बिटरी)मा थप सुधार
पुँजी संकलनमा विविध उपकरण सञ्चालन
प्रतिक्रिया 4