+
+
Shares

आरआरका प्रमुख निर्वाचन अधिकृत सम्पर्कविहीन !

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २० गते १६:४०


२० फागुन, काठमाडौं । आरआर क्याम्पसका प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद पराजुली सम्पर्कविहीन भएपछि आसन्न स्ववियु चुनाव अन्योलमा परेको छ ।

विद्यार्थी संगठनहरुबीच सहमति नजुट्दा आरआर लगायत काठमाडौं उपत्यकाका ठूला क्याम्पसहरुमा पूर्वनिर्धारित मिति फागुन १८ गते स्ववियु चुनाव हुन सकेन । अब आरआरमा फागुन २३ गते स्ववियु चुनाव गर्ने तयारी गरिएको छ ।

नेविसंघ र अखिल क्रान्तिकारीले आफूहरुसँग सल्लाह नै नगरी आरआर क्याम्पसमा मात्र चुनावको नयाँ तालिका सार्बजनिक गरिएको भन्दै विरोध गरेका छन् । फागुन १८ गते स्ववियु चुनाव हुन नसकेका सबै क्याम्पसहरुमा एकैपटक चुनाव गराउनुपर्ने उनीहरुको माग छ ।

चुनावको नयाँ मिति घोषणालगत्तै आरआरमा तनाव छ । शुक्रबार पनि विद्यार्थीहरुबीच झडप भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?