Comments Add Comment

मेची कोशीमा एमालेको चुनौतीः कांग्रेसलाई रोक्ने कि खुम्च्याउने ?

२१ फागुन, झापा । आगामी चुनावलाई लक्षित गरी नेकपा एमालेले आजबाट १५ दिने मेची-महाकाली अभियान सुरु गर्दैछ । पार्टीका सम्पूर्ण नेताहरु झापामा केन्द्रित भएका छन् । र, आज काँडकभिट्टाबाट सुरु भएको अभियान दमकसम्म आइपुग्दा तीनवटा जनसभाहरु हुनेछन्- काँकडभिट्टा, बिर्तामोड र दमकमा ।

राष्ट्रिय जागरणका लागि यो अभियान चलाइएको भनिए पनि यसको उद्देश्य आगामी चुनावमा एमालेलाई बहुमत दिलाउने नै हो । र, यसका लागि मेची कोशीका १० जिल्ला एमालेका लागि निकै महत्वपूर्ण हुनेछन् ।
पछिल्लो संविधानसभा चुनाव ०७० लाई आधार मानेर मेची- कोशीका १० जिल्लाको विश्लेषण गर्दा एमालेले आगामी दिनमा पहिलो दल बन्ने हो यहाँ कांग्रेसलाई पहिलेकै स्थानमा रोक्नेमात्रै होइन, उसलाई खुम्च्याउनुपर्ने देखिन्छ ।

मेची-कोशीमा एमाले पहिलो

मेची कोशीमा १० जिल्ला छन् । यी जिल्लामा कुल ३६ सीट छन् । तीमध्ये अघिल्लो चुनावमा एमालेले १९ सीट जितेको थियो भने कांग्रेसले १३ सीट जितेको छ । माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम र राप्रपाले १/१ सीट जितेका थिए

पछिल्लो चुनावी परिणामका आधारमा भन्नुपर्दा मेची कोशीमा एमाले यसअघि नै पहिलो दल भइसकेको छ । दोस्रो दलका रुपमा रहेको नेपाली कांग्रेस उसको प्रतिस्पर्धी हो । यी दुई अञ्चलमा एमालेलाई चुनौती दिने कांग्रेसबाहेक अरु कोही पनि छैनन् ।

मेची कोशीमा १० जिल्ला छन् । यी जिल्लामा कुल ३६ सीट छन् । तीमध्ये अघिल्लो चुनावमा एमालेले १९ सीट जितेको थियो भने कांग्रेसले १३ सीट जितेको छ । माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम र राप्रपाले १/१ सीट जितेका थिए ।
सुनसरीमा उपेन्द्र यादव र विजय गच्छदारले जितेको बाहेक मेचीकोशीमा मधेसी मोर्चाको अरु कुनै सीट हात परेको छैन । माओवादीले मोरङमा एकसीट जितेको छ, त्यो पनि छ भोटले मात्रै शिवकुमार मण्डलले जितेका हुन् । धनकुटामा राप्रपाका सुनिलबहादुर थापाले एकसीट जितेका थिए ।

जिल्लागत रुपमा हेर्दा दुई/दुई सीट रहेका ताप्लेजुङ र भोजपुरमा एमालले एकलौटी जीतेको छ । त्यस्तै एकसीट रहेको तेह्रथुममा पनि एमालेले जितेको छ । अब एमालेले आफूलाई पहिलो दल बनाउने हो भने यी तीनै जिल्लाको बर्चस्व कायम राख्नुपर्ने हुन्छ ।

पाँचथरमा एमाले कांग्रेसले बराबरी एक/एक सीट जितेका थिए । संखुवासभाका दुबै सीटमा कांग्रेसले जितेको छ । धनकुटामा एउटा एमाले, अर्को राप्रपाले जितेको छ ।

मोरङका ९ सीटमध्ये ५ वटा कांग्रेसको पोल्टामा छन् भने एमालेको भागमा ३ सीटमात्रै छ । सुनसरीका ६ सीटमध्ये ३ वटामा एमाले छ । कांग्रेस एउटा सीटमा र मधेसी दुई सीटमा छन् । केपी ओलीको गृहजिल्ला झापाका ७ सीटमध्ये चार सीटमा एमाले र ३ सीटमा कांग्रेसको पटक छ ।

र, अबको चुनावमा झापामा राप्रपाले कांग्रेसको मत काट्ने र एमालेले ०४८ सालमा जस्तै केपी ओलीको जिल्ला लालकिल्ला बनाउने रणनीति बनाएको एमाले नेताहरु बताउँछन् ।

यो मेची-महाकाली अभियान अन्तरगत झापाको काँकडभिट्टा, बिर्तामोड र दमकमा गरिने तीनवटा जनसभाले जिल्लामा एमालेको पक्षमा उभार ल्याउने दाबी नेताहरुको छ । साथै ती सभामा इलाम र पाँचथरजस्ता पहाडबाट पनि कार्यकर्ता परिचालन गर्ने एमालेको रणनीति देखिन्छ ।

माओवादी र मधेसवादी दलको स्खलनले मेची कोशीमा एमालेलाई केही पनि फाइदा छैन । किनभने अघिल्लो चुनावमा मेची कोशीबाट माओवादीले पाएको मात्र एक सीट हो । मधेसीले पाएको दुई सीटमात्र हो । बरु कांग्रेसले विगतको १३ सीटको सुरक्षा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न अहम छ

मोरङमा भने एमालेको अभियान मधेस बाहुल्य ठाउँमा नगई बिराटचोकमा मात्रै सीमित रहने छ । त्यसपछि सुनसरीको इटहरी र सदरमुकाम इनरुवामा एमालेले सभा राखेको छ ।

हाल मोरङको ८ नम्बर निर्वाचन क्षेत्रमा पर्ने बिराटचौक यसअघि पनि एमालेले नै जितेको क्षेत्र हो । उत्तरी मोरङका कार्यकर्तालाई तताउनका लागि बिराटचोकको जनसभा प्रभावकारी हुन सक्छ । मोरङको उर्लाबारी, इटहरा लगायतका स्थानका कार्यकर्ता भने झापाको दमकका केन्द्रित हुँदैछन् ।

मेची-कोशीमा एमालेले झापामा तीन, मोरङमा एक र सुनसरीका दुई स्थानमा सभाको आयोजना गर्दैछ । यी सभाहरुले एमालेलाई विगतको पहिलो पार्टीको स्थानबाट अझै अगाडि बढाउला, या नबढाउला, पछिल्ला परिदृश्यहरुले मात्रै बताउनेछन् ।

तर, यतिबेला नेपाली कांग्रेस आन्तरिक द्वन्द्वमा धकेलिएको र जनतामा जामन नसकिरहेको स्थितिको फाइदा एमालेले उठाउन सक्ने देखिन्छ । त्यस्तै राप्रपाको एकताले झापा लगायतका केही जिल्लामा उसको बढोत्तरी हुने र सोको सोझो असर पनि कांग्रेसलाई नै पर्ने एमाले नेताहरुको आँकलन पनि वस्तुपरक नै देखिन्छ ।

तथापि स्ववियु चुनावकै आधारमा हेर्ने हो भने उत्तरी मोरङ र केपी ओलीको गृहजिल्लामा कांग्रेस पनि एमालेभन्दा कमजोर छैन भन्ने अनुमान लगाउन सकिन्छ ।

माओवादी र मधेसवादी दलको स्खलनले मेची कोशीमा एमालेलाई केही पनि फाइदा छैन । किनभने अघिल्लो चुनावमा मेची कोशीबाट माओवादीले पाएको मात्र एक सीट हो । मधेसीले पाएको दुई सीटमात्र हो । बरु कांग्रेसले विगतको १३ सीटको सुरक्षा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न अहम छ ।

अबको चुनावमा २४० निर्वाचन क्षेत्र घटेर १६५ मा झर्ने अवस्थामा मेची कोशीका ३६ सीट खुम्चेर २५ को आसपासमा आउनेछन्

तर, यो पनि विचारणीय छ कि अबको चुनावमा २४० निर्वाचन क्षेत्र घटेर १६५ मा झर्ने अवस्थामा मेची कोशीका ३६ सीट खुम्चेर २५ को आसपासमा आउनेछन् । त्यो अवस्थामा एमालेले अहिलेको ‘पोजिसन’ रक्षा गर्न १२ सीटमात्रै जिते पुग्छ ।
यसअघि धनकुटामा एक सीटमात्रै जितेको राप्रपाले आगामी चुनावमा यस क्षेत्रबाट बढीमा ४ सीटको अपेक्षा गरेको नेताहरु बताउँछन् । त्यो भनेको धनकुटाका दुईवटै निर्वाचन क्षेत्र, झापामा राजेन्द्र लिङदेनको क्षेत्र र सुनसरीको इटहरी आसपासको क्षेत्र हो । यसले केही कांग्रेसलाई असर गर्ने छ भने केही एमालेलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment