Comments Add Comment

नवजात शिशुको हेरचाह कसरी गर्ने ?

नवजात शिशुलाई जन्म दिइसकेपछि परिवारका सदस्यहरुले एक सुखद अनुभूत गर्छन् । यद्यपी जब उसलाई अस्पतालबाट घरमा भित्र्याइन्छ, धेरै द्विविधाले घेर्न सक्छ । बच्चालाई कसरी सुताउने, कसरी खुवाउने, कसरी नुहाइदिने, कसरी फकाइफुल्याइ गर्ने, दिसापिसाब कसरी गराउने ?

शिशुलाई आवश्यक हेरचाहका निम्ति परिवारका सदस्यले बिशेष ख्याल गर्नैपर्छ । केहि सतर्कता अपनाउनु पर्छ ।

बच्चा कहिले लामो समय निदाउन सक्छ, कहिले निन्द्रा खलबलिन्छ, कहिले रोइरहन्छ, कहिले दिसा पिसाबमा गडबड हुन्छ । यस्तो अवस्थामा तिनका अभिभावक अत्तालिनु स्वभाविक हो । त्यसैले नवजात शिशुको प्रवृत्ति, उनीहरुलाई कुन अवस्थामा के गर्ने भन्ने कुराको ख्याल हुनैपर्छ ।

१. आरमदायक ढंगले सुताउने

नवजात शिशुलाई स्वास्थ्य एवं मजबुद बनाउनका लागि पर्याप्त आरमको जरुरत हुन्छ । कुनै बच्चा एक दिनमा १६ घण्टासम्म आरम गर्न सक्छ । तर, उनीहरु लामो समयसम्म भोको रहन सक्दैन । त्यसैले पेट खाली हुनसाथ निन्द्राबाट ब्युँझन्छन् ।

बच्चालाई एकदमै शान्त स्थानमा आरमदायक ढंगले सुताउनुपर्छ । चर्को ध्वानी, प्रदूषण आदिबाट त जोगाउनु पर्छ नै, तापमान पनि नियन्त्रित हुनुपर्छ ।

बच्चालाई धेरै गुम्साउने वा खुला छाडिदिने गर्नु हुँदैन । उनीहरुको छाला एकदमै संवेदनशिल हुने भएकाले वाह्य वातावरणले तुरुन्तै असर गर्न सक्छ ।

२. स्तनपानमा ध्यान दिने

जब बच्चा जन्मिएर तपाईले काखमा लिनुहुन्छ, त्यही नै उपयुक्त बेला हो बच्चालाई स्तनपान गराउने । सुरुमा बच्चालाई आफुतिर लिने, उसको छातीलाई आफ्नो छातीमा राख्ने र निप्पललाई ओंठमा स्पर्श गराउनुपर्छ । जब उसले मुख खोल्छ, स्तनलाई बिस्तारै दबाउने ।

यदि बच्चाले दुध राम्ररी चुस्न सकेन भने चिन्ता लिनुपर्दैन । तर, आफ्नो प्रयासलाई भने जारी राख्नुपर्छ । शिशुले राम्ररी स्तनपान गरेको छ भने उसले त्यही अनुसार दिसापिसाप पनि गर्छ । एक दिनमा ६-८ वटा डाइपर परिवर्तन गर्नुपर्ने हुन्छ ।

बच्चा जन्मिएपछिको २४ घण्टासम्म उनलाई ८ देखि १२ पटकसम्म स्तनपान गराउनुपर्छ । स्तनपान गराउने आमाले पनि सन्तुलित खाना खानुपर्छ ।

३. स्तनपान नगरेमा

बच्चाले स्तनपान नगरे वा आमाले गराउन नचाहेमा बच्चालाई बोत्तलबाट दुध पिलाउन सकिन्छ । फर्मुला फिडिङका लागि त्यसलाई तयार गर्नुअघि प्याकेटमा उल्लेख गरिएको निर्देशनलाई राम्ररी पढ्ने र पालना गरौं ।

नयाँ बोत्तललाई स्टरलाइज गरौ । अतः हरेक दुई/तीन घण्टाको अन्तरमा ख्वाउनुपर्छ । यदि फर्मूला फिड एक घण्टाभन्दा बढी पि|mजमा राखिएको छ वा बच्चाले आधा खाएर छाडेको छ भने त्यसलाई फेरी प्रयोग गर्नु हुँदैन ।

४. डायपर बदल्ने

चाहे तपाई कपडा वा डिस्पोजएबल डायपर प्रयोग गर्नुहोस्, त्यसका लागि बिशेष जानकारी हुनैपर्छ । बच्चालाई दिनमा १० वटासम्म डायपर बदल्नुपर्ने हुन्छ, यसका लागि पटक्कै झन्झट मान्नुहुँदैन । बच्चाले दिशापिसाब गरेको छ/छैन ? हेर्नुपर्छ । यदि दिसापिसाब गरेर लामो समयसम्म डायपर परिवर्तन गरिएन भने बच्चालाई चिसो लाग्छ । दिशा गरेको अवस्थामा मनतातो पानी कपासमा डुबाउँदै सफा गरिदिनुपर्छ । बच्चालाई दिनमा केहि घण्टा डायपर बिना नै रहन दिनुपर्छ ।

५. नुहाइदिने

बच्चा जन्मिएको पहिलो साता स्पन्जले बिस्तारै उसको शरीर सफा गरिदिनुपर्छ । एकपटक गर्भनाल निस्किएपछि नियमित रुपले हप्तामा दुई पटक वा तीन पटक नुहाइदिनुपर्छ । नुहाइदिनका लागि तातो पानी प्रयोग गर्नुपर्छ । साबुन प्रयोग गर्दा आँखामा लग्नु हुँदैन, एकदमै हल्का ढंगले उसको शरीर सफा गरिदिनुपर्छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment