आहा ! कति सजिलो भयो-
मोलमोलाई गर्ने मूल्य छ तपाईसँग
किनकि यहाँ-
जनप्रतिनिधि बेच्दछन् योजना,
नेता बेच्दछन् बाचा,
थप सुविधा चाहिन्छ हजुर ?
किनकि, न्याय बिक्दैछ न्यायालयमा,
सेवा-सुरक्षा बिक्दैछ प्रशासनमा।
समाचार बिक्दैछ मिडियामा,
शिक्षा बिक्दैछ विद्यालयमा,
उपचार बिक्दैछ अस्पतालमा,
कलम बिक्दैछ युवाको हातमा।
भोक बिक्दछ रोटीमा,
सपना बिक्दछ नोटमा,
इमान बिक्दछ ठेक्कामा,
देश बिक्दछ भाषणको झोकमा।
दोष कसलाई दिनु ?
सबै हामी-भागभाग नाटकका पात्र पनि
आफ्नै आँखा बन्द गरेर,
सिस्टमको सिसा हौं-हामी नै मतियार पनि।
यहाँ-
विचार बिक्दछ, विवेक बिक्दछ,
नागरिक मौन, विवेक सर्दछ,
देश त अझ बाँकी छ कि,
तर आत्मा भने
पहिल्यै बिकिसकेको छ।
००००
प्रतिक्रिया 4