२१ फागुन, काठमाडौं । अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा भारत १८९ रनमा अलआउट भएको छ ।
बेङ्गलुरुमा टस जितेर पहिले ब्याटिङ गरेको भारतको सुरुवात राम्रा हुन सकेन । उसका ओपनर अभिनव मुकुन्द शुन्यमै आउट हुँदा टिमको स्कोर मात्र ११ रन थियो ।
एउटा एण्डमा लोकेस राहुलले टिकेर खेलेपनि उनलाई कसैले पनि साथ दिन सकेनन् । चेतेश्वर पुजारा १७, विराट कोहली १३ र अजिन्क्या रहाणे १७ रनमा आउट भए ।
करुण नयरले २६ रन बनाए । आर अश्विन ७, रिद्धिमान शाह १ र रविन्द्र जडेजा ३ रनमा आउट भए । ९० रन बनाएका ओपनर राहुल नवौं विकेटका रुपामा आउट भए, जतिबेला टिमको स्कोर १८९ रन थियो । लगतै अर्को बलमा इशान्त शर्मा आउट भए, उनी पहिलो बलमा आउट भएका हुन् ।
भारतलाई सस्तैमा समेट्ने क्रममा नाथन लायन एक्लैले ८ विकेट लिएका छन् । २२.२ ओभर बलिङ गरेका उनले ४ मेडन राख्दै मात्र ५० रन दिएका थिए ।
प्रतिक्रिया 4