+
+

खुल्लाको बिज्ञापन लुकाएर आन्तरिक पदपूर्तिको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २२ गते ११:२४

२२ फागुन, चितवन । चितवनको भरतपुर उपमहानगरपालिकाले खुल्ला प्रतियोगिताको विज्ञापन लुकाएर कर्मचारीको आन्तरिक बढुवाको तयारी गरेको छ ।

उपमहानगरपालिकाको पदपूर्ति समितिको माघ १ गते बसेको बैठकले ७५ प्रतिशत खुल्ला र २५ प्रतिशत आन्तरीक प्रतिस्पर्धाद्वारा अधिकृत कर्मचारी भर्ना तथा बढुवा गर्ने निर्णय गरेको थियो । तर, कार्यकारी अधिकृत महेश बरालले खुल्ला बिज्ञापन प्रकाशन नगरी आन्तरीक बिज्ञापन मात्रै आफु खुसी प्रकाशन गरेका हुन् ।

लेखा अधिकृत छैटौं र प्रशासकीय अधिकृत छैटौं स्तरको कर्मचारी आन्तरीक प्रतिस्पर्धाद्वारा वढुवा गर्न भन्दै गत माघ ५ गते सूचना प्रकाशित भएको थियो । पदपूर्ती समितिले निर्णय गरेको ६ जना खुल्ला प्रतिस्पर्धाद्वारा अधिकृत छैंटौस्तरको माग गर्ने भनिए पनि कार्यकारी अधिकेत वरालले खुल्ला तर्फको बिज्ञापन लुकाएर आन्तरीक प्रतिस्पर्धाद्वारा बढुवा गर्ने बिज्ञापन मात्रै प्रकाशन गरेको भन्दै आलोचना भएको छ ।

‘एकल बोर्डको निर्णय भन्दै आफुखुसी वदनियतपूर्ण ढंगले बिज्ञापन प्रकाशन गरिएको छ,’ उपमहानगरपालिका एक कर्मचारीले भने ।

छैटौं तहको प्रशासकीय अधिकृतको पदमा अहिले मधुराम दुवाडी कार्यरत रहेका छन् । उनलाई अन्यत्रै पठाउने तयारी गरी कार्यकारी अधिकृत बरालले बिज्ञापन निकालेको आरोप लागेको छ । उपमहानगरपालिकामा रहेका लेखापाल सिता अधिकारी, नासु सुरज पौडेल, नासु रोजी केसी र नासु जानुका केसीमध्ये एक जनालाई प्रशासकीय अधिकृत बनाउने तयारी बरालको छ ।

यस्तै रिक्त रहेको लेखा अधिकृत छैटौं तहमा लेखापाल सिता अधिकारीलाई बढुवा गर्ने तयारी गरिएको छ ।

पदपूर्ती समितिका संयोजक भवानी पराजुलीले सैद्धान्तिक रुपमा खुल्ला र आन्तरीक पदपूर्तिको बिज्ञापन एकैपटक प्रकाशन गर्ने गरी पदपूर्ति समितिले निर्णय गरेमा कार्यकारी अधिकृतले आन्तरीकको मात्रै बिज्ञापन प्रकाशन गरेकेा जानकारी आएको बताए ।

गत माघ १ गते शनिवार सार्वजनिक बिदाको दिनमा पदपूर्ति समितिको बैठकले पदपूर्तिको निर्णय गरेको थियो ।

उपमहानगरपालिका कार्यकारी अधिकृत महेश बरालले खुल्ला बिज्ञापनलाई पछि प्रकाशन गर्ने गरी हाललाई आन्तरीक मात्रै बिज्ञापन प्रकाशन गरेको बताए । उनले खुल्ला र आन्तरीक सँगसँगै निकाल्नुपर्दछ भन्ने नरहेको उनले दावी गरे ।

उपमहानगरपालिकाको गत आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्षको नगरपरिषदको निर्णय नम्बर ११४ मा उपमहानगरपालिकाको रिक्त लेखा अधिकृत पद संख्या एकमा खुल्ला बिज्ञापनद्वारा पदपूर्ति गर्ने निर्णय गरिएको छ । परिषदको निर्णयमा खुल्ला बिज्ञापनद्वारा निर्णय गर्ने उल्लेख भएपनि कार्यकारी अधिकृतले त्यसलाई आन्तरीक प्रतिस्पर्धाद्वारा भनेर बिज्ञापन प्रकाशन गरेका हुन् ।

चार सदस्यीय पदपूर्ति समितिमा लोकसेवा आयोगका तर्फबाट प्रतिनिधि रहेका केशवराज त्रिपाठीले कार्यकारी अधिकृतले खुल्ला र आन्तरीक गरी एकैपटक बिज्ञापन प्रकाशन गर्नुपर्नेमा आन्तरीक बढुवाको मात्रै सूचना प्रकाशन गर्न नियम संगत ढंगबाट नपाउने बताए । समितिको निर्णय कार्यकारी अधिकृतले मान्नुपर्ने उनको आशय थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?