Comments Add Comment

गुणस्तरीय शिक्षा र सीपसँगै असल संस्कार सिकाउँदै डिएभी किन्डरगार्टेन


२२ फागुन, काठमाडौं । डिएभी किन्डरगार्टेन पछिल्लो समयमा धेरै अभिभावकको रोजाइ बन्न पुगेको छ । आफ्ना साना नानीबाबुहरुको उचित तबरको हेरचाह र बृत्तिविकास लागि डिएभी किन्डरगार्टेन अब्बल ठहरिएको छ ।

दिनभर काममा ब्यस्त हुनुपर्ने बाबुआमाले आफ्ना बालबालिकलाई उचित हेरचाह चाहेमा डिएभी किन्नर गार्डेन नै पहिलो विकल्प भएको किन्डरगार्टेन कोअर्डिनेटर शान्ति गुरुङले बताइन् ।

यस्तै बालबालिकाको राम्रो पढाइको बलियो जग बसाल्न पनि स्कुल प्रभावकारी सावित भइसकेको दावी उनले गरिन् ।

विशेषगरी ट्रेडिशनलसँगै मन्टेस्वरी शिक्षण पद्धतिलाई स्कुलले अंगालेको छ । डिएभी किन्नर गार्डेनले एउटा पद्धतिलाई मात्रै अपनाउँदा बालबालिकको वृत्तिविकास नहुने निश्कर्ष निकालेको छ ।

त्यसैकारण परम्परागत पद्धतीलाई मन्टेश्वरीसँग जोडर स्कुलले विद्यार्थीलाई सिकाउने गरेको छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा अनुशासनमा रहन विद्यालयले प्रोत्साहित गर्ने गरेको छ ।


स्कुलले बालबालिकालाई आफ्नो प्रतिभा तिखार्नेसँगै नयाँ प्रतिभाको जन्म दिने कामममा विशेष काम गर्छ । तालिमकै माध्यमबाट प्रतिभालाई अभिवृद्धी गर्न विद्यायल प्रयत्नशील रहेको किन्डरगार्टेन कोअर्डिनेटर गुरुङ बताउँछिन् ।

डिएभीले रुटिन बनाएर बालबालिकका नियमित र अतिरिक्त क्रियाकलापमा जोड दिएको छ । स्कुलले बालबालिकालाई उच्च नैतिक संस्कारसँगै समाजमा घुलमिल हुनसक्ने ब्यवहारिक सीप पनि सिकाउने गरेको छ ।

विद्यार्थीको मनोविज्ञानमा आधारित भएर उसको क्षमतालाई पहिचान गर्दै त्यसैअनुसर विद्यालयले आवश्यक सिकाइलाई प्रोत्साहित गर्छ ।


स्कुलले विद्यार्थीलाई खुवाइने खानेकुरा/आहारा पूर्ण रुपमा शकाहारी र पौष्टिक हुने जनाएको छ । स्कुलले हाइजेनिक फुडमा ध्यान दिने गरेको छ । प्रशिक्षित नर्सिङ स्टाफबाटै बालबालिकको रेखदेख गरिन्छ ।

विद्यालयका बालबालिकाका सबै क्रियाकलापको निगरानी सिसिटिभीबाट पनि गरिन्छ । स्वच्छ वातावरणमा रहेको स्कुलमा भेन्टिलेटेड रुम, स्तरीय र सुविधायुक्त खेलमैदान छन् ।

यसैगरी क्लास, किचेन, ट्वाइलेट, कोरिडर, खेल मैदानमा बालबालिकको जुनसुकै समयमा निगरानीसँगै हेरबिचर गरिन्छ । विद्यार्थीलाई स्कुल लैजान र घरमा छोड्न १ सयभन्दा बढी भ्यान छन् ।

यो स्कुलमा ब्यवसायिक प्रशिक्षकबाटै डान्स, म्युजिक, खेलकुद, आर्ट्स, साहित्य लगायतको कक्षा लिइन्छ । क्लयमा सीमित विद्यार्थी मात्रै राखिन्छ । जसले विद्यार्थीलाई कुनै असहजता नहुने गुरुङले बताइन् ।

समय-समयमा विभिन्न नृत्य, गायन, चित्रकला, हस्तकला, अभिनय, ह्याण्डराइटिङ लगायत थुप्रै प्रतियोगिताहरु गरिन्छ । जसबाट विद्यार्थीले आफ्नो प्रतिभाको विकास गर्ने अवसर पाउँछन् भने उत्कृष्टताको मापनको पनि अवसर मिल्छ ।


थिएटर शो र खेलकुद क्रियाकलापमा पनि स्कुलले जोड दिएको छ । विद्यार्थीलाई भ्यालीभित्रको फिल्ड ट्रीप र शैक्षिक भ्रमण पनि विद्यालयले गराउँछ । विद्यालयको थिएटरभित्रै फिल्म देखाउनेसँगै सांस्किृतिक संस्कारका लागि चाडपर्व पनि मनाउने पनि गरिन्छ ।

डिएभी किन्डरगार्टेनले समय-समयमा टेस्ट, एक्जाम, एसिसमेन्ट र कम्पिटसमार्फत विद्यार्थीको मूल्यांकन गर्ने गर्छ ।
वर्षमा ६ पटक स्कुलले अभिभावकसँग अनिवार्य रुपमा भेट्छ र विद्यार्थीको प्रस्तुति र क्षमताबारे अन्तरक्रिया गर्छ । अभिभावकसँग भेट्नका लागि विभिन्न कार्यक्रमहरु पनि आयोजना गर्ने गरिएको छ ।


उत्कृष्ट विद्यार्थीलाई विद्यालयले विभिन्न अवसर पारेर समानित तथा पुरस्कृत पनि गर्छ । यसबाट विद्यार्थीहरुमा थप उत्साह बढ्ने गरेको गुरुङ बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment