Comments Add Comment

सरोगेसी मार्फत दुई सन्तानका बाबु बने करण जोहर


बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहर बाबु बनेका छन् । करणको घरमा २ सन्तानको प्रवेश भएको छ । बिहे नै नगरि, करण कसरि बाबु बने भन्ने तपाइलाई लागेको हुनसक्छ । करणले, सरोगेसी मार्फत २ सन्तान घर भित्राएका हुन् ।

खबर अनुसार, मुम्बइको मश्रानी अस्पतालमा २ सन्तानको जन्म भएको छ । शुक्रबार, दुई सन्तानको जन्म दर्ता भएको छ, जसमा बाबुको नाम करण जोहर लेखिएको छ । जन्म दर्तामा आमाको नाम भने उल्लेख गरिएको छैन । एक छोरा र एक छोरीलाई करणले घर भित्राएका हुन् । दुई सन्तानको नाम रुहि र यश राखिएको छ ।

करणले एक प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन्-‘म यो खुशीको कुरा सबैसामु शेयर गर्न चाहन्छु । मेरो जीवनमा नयाँ सदस्य थपिएका छन् । यी दुई सन्तानलाई मेरो जीवनमा स्वागत गर्न पाउँदा म आफूलाई भाग्यमानी संझन्छु । मेडिकल साइन्सको माध्यमबाट यो कुरा संभव भएको हो । मैले, यो कुराको जिम्मेवारी लिन सक्छु भन्ने लागेपछि यस्तो निर्णय गरेको हुँ ।’

करणले केहि समय अगाडि आफूमा आमा बन्न सक्ने सबै खुबी भएको बताएका थिए । बलिउडमा, नायक साहरुख खान, तुषार कपुर, आमिर खानले पनि सरोगेसी मार्फत सन्तान जन्माएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment