Comments Add Comment

९९ केजी चरेससहित दुई भारतीय पक्राउ

२३ फागुन, चितवन । ९९ केजी अवैध लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई चितवन प्रहरीले जुगेडीबाट पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण विशेष अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षक जयनारायण यादवको कमाण्डमा खटिएको टोलीले आज बिहान सवा पाँच बजे कविलास १ जुगेडीबाट भारतीय नम्बर प्लेटको टाटा सुमोमा लुकाएर ल्याएको अवस्थामा बरामद गरेको हो ।

पक्राउ पर्नेमा भारत कठियामठिया ७ का ३७ बर्षीय को गाडी चालक सुधन साह र रक्सौल कोईरिया टोल ६ का २५ बर्षीय आदित्य साह छन् ।

प्रहरीले पत्रकार सम्मेलन गर्दै जेएच ०४ वि ०४४५ भारतीय नम्बर प्लेटकोे टाटा सुमोे गाडीसहित बरामद गरिएको १९८ थान पोका अन्दाजी ९९ के.जी लागु औषध चरेस सार्वजनिक गरेको हो ।

गाडीको अगाडिको डिक्कीमा फल्स बटम बनाई लुकाएको अवस्थामा रहेको १०६ पोका, पछाडि दायाँ टायरमाथि फल्स बटममा लुकाएको अवस्थामा रहेका ३९ थान पोका, पछाडिको बायाँ टायरमाथि फल्स बटम बनाई राखेको ५३ थान पोका चरेस प्रहरीले सार्वजनिक गरेको हो ।

भारतीय बजारमा करिब एउटा थान पोकाको ८ हजार रुयैया मूल्य पर्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिए ।

पक्राउ परेका दुवै जना विरुद्ध लागूऔषध नियन्त्रण ऐन-२०३३ अन्तर्गत लागूऔषध ओसार-पसार तथा विक्री वितरण कसुरमा मुद्दा दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment