Comments Add Comment

क्यानडाका लोकप्रिय प्रधानमन्त्रीः शरीरमा खोपाएका छन् टाटु, बसमा गर्छन् यात्रा

क्यानाडाका प्रधानमन्त्री जस्टिन टूडोलाई वर्तमान समयका सबैभन्दा ‘चार्मिङ’ नेताको रुपमा हेरिन्छ ।

४५ वर्षको उमेरमा उनको व्यक्तित्वको जादूले विश्वकै एक से एक हस्तीलाई प्रभावित बनाइरहेको छ ।

तस्वीरमा जस्टिन जर्मनीका चान्सलर एन्गेला मर्केलसँग देखिएका छन् । मर्केलको आँखामा एक पटक ध्यान दिएर हेर्नुस् त तपाई थाहा हुनेछ कि जस्टिनले ठूलाहरुलाई पनि आफ्नो प्रशंसक बनाएका छन् ।

हालै उनी अमेरिकाको भ्रमणमा गएका थिए । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवान्का ट्रम्पमाथि उनको व्यक्तित्वको जादू देखियो । इवान्काले अर्थपूर्णरुपमा जस्टिनको छेउको कुर्सीमा बस्न चाहिन् ।

जस्टिनका पिता पियरे इलिएट टूडो पनि क्यानाडाको प्रधानमन्त्री रहिसकेका छन् । उनले दुई कार्यकालमा कुल मिलाएर १५ वर्षसम्म क्यानडाको नेतृत्व गरेका थिए ।

तर, जस्टिनलाई पिताको विरासतमा सत्ता हासिल भएको होइन । पिताको निधनपछि उनी राजनीतिमा हाम फालेका थिए । उनले पहिले क्यानाडाका मानिसहरुको मनमा राज गरे, अनि संसारभरीका मानिसहरुमाथि पनि उनको असर पर्न थाल्यो ।

जस्टिनको पिताको मृत्यु भयो, सन् २००० सालमा र त्यसको आठ वर्षपछि उनले राजनीतिमा पाइला राखे । उनले तीव्र रुपमा आफनो लागि ठाउँ बनाउँदै गए ।

सन् २००० मा आफ्नो पिताको निधनमा उनले जुन शोक सन्देश पढेका थिए, त्यसलाई यति धेरै मन पराइएको थियो कि क्यानाडा ब्रोडकास्टिङ सर्भिसमा त्यसको पुनः प्रशरणका लागि दैनिकजसो सयौं फोन कलहरु आउँथे ।

जस्टिन सम्भवतः संसारकै एक मात्र प्रधानमन्त्री हुन् जसले आफ्नो हातमा टाटु खोपेका छन् । उनी आम मानिसहरुले जसरी क्यानाडाको सडकमा पैदल हिँडिरहेका भेटिन्छन् । बिना कुनै तामझाम र सुरक्षा उनी क्यानाडाका बसहरुमा यात्रा गर्छन् ।

यो जस्टिनको व्यक्तित्वको आकर्षण हो कि युवा र महिलाहरु मात्र नभएर पाका व्यक्तिहरु पनि उनका प्रशंसक छन् । आम मानिसहरुको आवाजलाई साथ दिन उनी जुनसुकै प्रदर्शनमा पनि साथ दिन सक्छन्, चाहे त्यो समलिंगीहरुको प्रदर्शन किन नहोस ?

जस्टिनले आफ्नो कलेजका दिनमा साथी सोफिया ग्रगरीसँग २००५ मा बिहे गरेका थिए । अहिले उनी तीन बच्चाका बाबु बनिसकेका छन् । उनी परिवारसँग छुट्टी मनाउने मौका पनि गुमाउँदैनन् ।

संसारका ठूला नेताहरुसँग उठबस गर्ने जस्टिनको अर्को विशेषता के छ भने उनी बालबालिकाहरुसँग खुबै रमाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment