Comments Add Comment

संयम अपनाउन सबैलाई राप्रपाको आग्रह

फाइल फोटो

२३ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजविराज घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । साथै संयम अपनाउन सबैलाई आग्रह गरेको छ ।

सप्तरीको राजविराजमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु भएको छ । एमालेको मेची महाकाली अभियानलाई मधेसी मोर्चाले विथोल्न खोज्दा राजविराजमा सोमबार बिहानैबाट तनाव सुरु भएको थियो ।

राप्रपाले मुलुक चुनावतर्फ उन्मुख भएको बेला राजनीतिक दलहरुबीच एकता र सद्भाव कायम हुनु पर्नेमा जोड दिएको छ । परिस्थितिमा झन उत्तेजित र मुठभेडतर्फ लैजाँदा कसैलाई फाइदा नहुने भन्दै राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा संयम अपनाउन सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment