Comments Add Comment

माओवादी नेता श्रेष्ठको युरोप भ्रमण स्थगित

२४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बुधबारदेखि हुने आफ्नो पूर्व निर्धारित युरोप भ्रमण स्थगित गरेका छन् ।

युरोपका बिभिन्न मुलुकमा आयोजित सम्मेलन, भेला, विश्वबिद्यालयमा प्रवचन तथा गोष्ठी लगायतका कार्यक्रममा सहभागी हुन युरोप जाने तयारीमा रहेका श्रेष्ठले देशको पछिल्लो राजनीतिक परिस्थितिका कारण भ्रमण स्थगित गर्नुपरेको प्रष्ट पारेका छन् ।

उनले यसबाट युरोपका आयोजक तथा शुभचिन्तकमा परेको असरप्रति क्षामायाचना गरेका छन् ।

श्रेष्ठको फागुन २५ देखि चैत १५ सम्म युरोपका बेल्जियम, बेलायत, स्पेन, फ्रान्स, स्वीट्जरल्याण्ड र पोर्चुगलको भ्रमण तय भएको थियो ।

उनले समय मिलाएर उक्त मुलुकको भ्रमण गर्ने पनि प्रष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment