Comments Add Comment

साउथको फिल्ममा आइटम डान्स गर्दै सन्नी लियोनी

बलिउडमा सन्नी लियोनीको क्रेज बढ्दो छ । उनलाई ठूला फिल्म मिलिरहेका छैनन् त के भो, आइटम नम्बरहरुबाटै हिट भइरहेकी छिन् ।

रइसको चर्चित आइटम डान्सपछि उनको डिमान्ड बढेको छ । समाचारमा आएअनुसार उनलाई अब अर्को आइटम नम्बरमा देख्न सकिनेछ त्यो पनि पुरा कपडा लगाएर । यो आइटम डान्सको अफर उनलाई साउथको फिल्मबाट आएको हो ।

सन्नीले निर्देशक प्रवीण सत्तुको तेलगू फिल्म ‘पिएसबी गरुड बेगा’ मा एउटा स्पेसन डान्स गर्नेछिन् । यो फिल्मको सुटिङ लगभग सकिएको छ । फिल्ममा सन्नीको आइटम गीत इन्टरभलपछि आउने बताइएको छ ।

सूत्रका अनुसार उक्त गीतका लागि निर्माता-निर्देशकले एक परिचित अभिनेत्री खोजिरहेका थिए । सन्नीलाई यो अफर मनपर्‍यो र उनले तुरुन्तै स्वीकारिन् । यो गीतमा उनी साडी-चोलो लगाएर नाच्नेछिन् । गीतको सुटिङ केरलाको ग्रामिण क्षेत्रमा हुने छ ।

यो अफर मनपर्‍यो र उनले तुरुन्तै स्वीकारिन् । यो गीतमा उनी साडी-चोलो लगाएर नाच्नेछिन् । गीतको सुटिङ केरलाको ग्रामिण क्षेत्रमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment