Comments Add Comment

यी हुन् सेक्स लाइफका दुश्मन

भनिन्छ, दम्पतीबीचको झगडा ओछ्यानबाट सुरु हुन्छ । अर्थात यौन जीवनले दाम्पत्यमा खास प्रभाव पार्छ । यौनले शारीरिक सन्तुष्टि दिन्छ, मानसिक तनाव कम गर्छ, साथसाथै दम्पतीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँछ । तर, यौन जीवनमा तगारो ल्याउने केहि तत्व हुन्छन् । के छन् हुन् ति ?

मोटोपन

जुन व्यक्तिको तौल बढी हुन्छ, उसको फ्याट सेल एस्ट्रोजेन (फिमेल हर्मोन) उत्पादन गर्छ । यसले उनको यौन-रुचीमा कमी ल्याउँछ । नियमति व्यायम गर्नेको यौनक्रिया राम्रो हुन्छ, सक्रिय हुन्छ । त्यसैले व्यायमलाई आफ्नो तालिकामा सामेल गरेर यौन जीवनलाई सक्रिया बनाउनुपर्छ ।

तनाव

बिहानदेखि बेलुकीसम्मको भागदौड, अफिसको वर्कलोड, आर्थिक समस्या, असमयमा खानपानको सोझो असर तनावको रुपमा देखापर्छ । स्वास्थ्यका साथसाथै यसले हाम्रो यौनक्रियामा पनि प्रभाव पार्छ । त्यसैले तनावमुक्त हुनुपर्छ ।

मदिरापान

नियमित रुपले मदिरापान गर्दा यौनरुची घट्छ । त्यतीमात्र होइन, यसले तपाईको शयनकक्षामा पनि तनाव निम्त्याउँछ । पत्नीको भावनाको कदर हुँदैन । त्यसैले मदिरापान गर्न छाडौ, उत्कृष्ट यौन जीवनका लागि ।

डिप्रेसन

डिप्रेसनले यौन जीवनमा नराम्ररी प्रभाव पार्छ । एक त डिप्रेसनको कारण तपाईमा यौन सम्पर्कमा मन जादैन , अर्कोचाहि डिप्रेसनको औषधीले यौनरुची घटाउँछ ।

इटेक्टाइल डिसफंशन

पुरुषमा इरेक्शनको समस्या धेरै गंभीर मानिन्छ । यसले तपाईको यौनक्रियाका साथसाथै दाम्पत्य जीवनलाई पनि धराशयी बनाउन सक्छ । त्यसैले यसको निदान खोजिहाल्नुपर्छ ।

उच्च रक्तचाप

सक्रिय यौन जीवनको लागि यौनाङ्गहरुमा पनि राम्ररी रक्तसंचार हुनुपर्छ । तर, उच्च रक्तचापको कारण रक्तप्रवाहमा अवरोध पैदा हुन्छ । परिणम, यौन इच्छा घट्दै जान्छ ।

गर्भनिरोध औषधी

केहि अध्ययनमा पाइएको छ कि, गर्भनिरोध औषधीले महिलाको टेस्टोस्टेरन लेभल कम गर्छ । जसले महिलालाई यौन इच्छा हुँदैन । यो औषधी एस्ट्रोजनले बनेको हुन्छ, जसलाई लामो समयसम्म सेवन गर्दा यौन जीवन खलबलिन्छ ।

यौनबर्द्धक फल

स्टबेरी- यो भिटामिन सीको राम्रो स्रोत हो, जसले पुरुषमा स्पर्म काउन्ट बढाउँछ । साथै यसले मुटु र धमनीमा रक्तप्रवाह पनि गराउँछ । यसलाई डार्क चकलेटमा डुबाएर सेवन गर्नुपर्छ, कामोत्तेजना बढाउँछ ।

बदाम- जिंक सेलेनियम र भिटामिन ईले भरपुर बदाम सेक्स बुस्टरको काम गर्छ । जिंकले सेक्स हर्मोन बढाउने काम गर्छ । भिटामिन ईले मुटुलाई स्वास्थ्य राख्छ ।

सेक्स किलर फुड्स

–    चिज

–    डाइट सोडा

–    सोया

–    कृतिम गुलियो

–    चिप्लो खानेकुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment