+
+
Shares

एसएसबीको ज्यादतीविरुद्ध वाईसीएल र क्रान्तिकारीले विरोध प्रदर्शन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २६ गते १६:५०


२६ फागुन, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रका युवा तथा विद्यार्थी संगठनहरुले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल -एसएसबी)ले एक नेपाली नागरिकको हत्या गरेको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएका छन् ।

कन्चनपुरको आनन्द बजारमा एसएसबीको ज्यादतीविरुद्ध प्रतिरोधमा उत्रिएका नेपालीहरुलाई हानेको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । उक्त घटनाको माओवादी केन्द्र निकट वाईसीएल र अखिल क्रान्तिकारीले छुट्टा छुट्टै विज्ञप्ति निकालेर भ्रतर्सना गरेका छन् ।

वाईसीएलका संयोजक नेपबहादुर कुँवरले विज्ञप्ति जारी गरेर संगठनका सबै कार्यकर्ता तथा युवाहरुलाई आजै साँझ हत्याकाण्डकाविरुद्ध देशभर प्रदर्शन गर्न अपिल गरेका छन् ।

साथै मृतक परिवारप्रति समवेदना सहित नेपाल सरकारलाई कुटनीतिक पहल गर्दै दोषी उपर सजायँ दिलाउन र नेपाली सुरक्षाकर्मी मार्फत स्थानिय नागरिक तथा नेपाली भूभागको सुरक्षा गर्न ध्यानाकर्षण गराइएको छ ।

यसैगरी अखिल क्रान्तिकारीले शुक्रबार बिहान ८ बजे माइतिघर मण्डलामा र देशभरका जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले विज्ञप्ति निकालेर भारतीय सुरक्षाफौजको आतंकको निन्दा गरेका छन् र घटनाको छानबिन गरी दोषीलाई कारबाही तथा पीडितलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।

‘सार्वभौमसत्ता सम्पन्न मुलुकको भूमिमा प्रवेश गरी बर्दिधारी विदेशी सुरक्षा फौजद्वारा मच्चाइएको आतङ्क र विस्तारवादी रवैयाको घोर निन्दा र भ्रतर्सना गर्दछौं,’ अखिल क्रान्तिकारीको विज्ञप्तिमा लेखिएको छ, ‘यस घटनाको अविलम्ब छानविन गरी कुटनीतिक पहल मार्फत दोषीलाई हदैसम्मको कारवाही गर्न र पीडितलाई तत्काल उचित क्षतिपूर्ति दिन सरकार समक्ष जोडदार माग गर्दछौं ।’

यस ज्यादतिपूर्ण घटनाबारे अविलम्ब आफ्नो धारणा सार्वजनिक गरी दोषीलाई कारवाही गर्न भारतीय राजदुतावास मार्फत भारत सरकारलाई पनि आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?