Comments Add Comment

टि्वटरमा सन्नी लियोनीको अपमान गर्दा रामगोपालमाथि मुद्दा

अभिनेत्री सन्नी लियोनीलाई जोडेर गरेको एउटा टि्वटले गर्दा बलिउड निर्देशक रामगोपाल बर्मा समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुधबार उनले सो विवादास्पद टि्वट गरेका थिए ।

रामगोपालले लेखेका थिए, ‘म चाहन्छु कि संसारका सम्पुर्ण महिलाहरुले पुरुषहरुलाई त्यति नै खुशी दिउन् जति सन्नी लियोनीले दिन्छिन् ।’ यो टि्वटलगत्तै सामाजिक सञ्जालमा उनी आलोचित बन्न पुगे । यसै मामिलामा अदालतमा एउटा मुद्दा पनि दर्ता भएपछि रामगोपाल समस्यामा फसेका हुन् ।

उनका विरुद्ध हिन्दी जनजागृति महिला शाखाकी स्टेट अर्गनाइजर प्रतिक्ष्ष कोरगांवकरले धारा २९२ अन्तरगत मुद्दा दर्ता गरेकी छिन् । यसका अलावा उनले रामगोपालको टि्वटर अकाउन्ट सदाको लागि बन्द गराउन मागसमेत गरेकी छिन् ।

आफ्नो टि्वट विवादमा फसेपछि रामगोपालले सफाइ दिँदै अर्को टि्वट गरेका थिए, जसमा उनले आफूले सन्नी लियोनीप्रति सकारात्मक सोचका साथ सो टि्वट गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment