+
+
Shares

कुन स्थानीय तहको केन्द्र कहाँ ? (सूचीसहित)

६ नम्बर प्रदेशमा उपमहानगर शून्य

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २७ गते १९:१२

२७ फागुन, काठमाडौं । स्थानीय चुनावको तयारीमा जुटेको सरकारले ७४४ स्थानीय तह कार्यान्वयनमा ल्याएको छ ।

बालानन्द पौडेल नेतृत्वको स्थानीय तह पुनर्संरचना आयोगले दिएको ७१९ स्थानीय तहको सिफारिसलाई संशोधन गरेर ७४४ पुर्‍याएको छ । प्रदेश नम्बर २ का ८ जिल्लामा २१ र काठमाडौंमा २ र बझाङ र मनाङमा पनि एक-एक स्थानीय तह थपिएको छ ।

६ नम्बर प्रदेशमा उपमहानगर शून्य

प्रदेश नम्बर २ मा एक उपमहानगर थपिएको छ । तर, स्थानीय तहको संख्या ७१९ बाट ७४४ बनाउँदा पनि प्रदेश नम्बर ६ भने महानगर र उपमहानगरविहीन नै भएको छ ।
तत्कालीन स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलले संशोधन गरेको स्थानीय तहलाई सरकारलु शुक्रबारबाट कार्यान्वयन गरेको छ ।

अब ४ महानगर भएका छन् । काठमाडौंका साथै ललितपुर, भरतपुर र पोखरा महागर भएका छन् ।

यो पनि पढ्नुस्ः तपाई कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो ? हेर्नुहोस् ७४४ स्थानीय तहको पूर्ण विवरण

यस्तै १३ उपमहागर भएका छन् । जसमध्ये प्रदेश नम्बर २ र ५ मा चार चार उपमहानगर परेका छन् । प्रदेश २ मा जनकपुर, वीरगञ्ज, कलैया र सिमरा जीतपुर उपमहागर बन्दा प्रदेश ५ मा पर्ने नेपालगञ्ज, बुटबल, तुलसीपुर, घोराही र नेपालगञ्ज उपमहानगर बनेका छन् ।

प्रदेश नम्बर १ मा पनि विराटनगर, इटहरी र धरान गरी तीन वटा उपमहागरपालिका परेको छ । प्रदेश नम्बर ३ मा हेटौंडा र प्रदेश नम्बर ७ मा धनगढी उपमहानगरपालिका बनेका छन् । तर, प्रदेश नम्बर ६ मा न त महानगरपालिका नै छ, न उपमहानगरपालिका नै परेको छ ।

२४७ नगरपालिका, ४८० गाउँपालिका

नयाँ संरचना अनुसार देशभर २४७ नगरपालिका बन्ने भएको छ । धेरै प्रदेश नम्बर १ मा पर्नेछ । त्यहाँ ४६ नगरपालिका परेको छ । प्रदेश न. २ मा ४४, ३ मा ४०, ४/५ मा समान २९ नगरपालिका बन्नेछ । प्रदेश नम्बर ६ मा २५ र प्रदेश नम्बर ७ मा ३४ नगरपालिका परेको छ ।

यस्तै ७४४ स्थानीय सरकार मध्ये ४८० गाउँपालिका छन् । जसमा प्रदेश १ देखि ७ सम्म क्रमशः ८८, ७९, ७५, ६२, ६६, ५७ र ५३ गाउँपालिका छन् ।
कुन स्थानीय तहको केन्द्र कहाँ पर्‍यो त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?