Comments Add Comment

सरसफाइ अभियानको २००औं हप्ता पुगेको अवसरमा ‘बागमती पदयात्रा’ हुँदै

फाइल तस्वीर ।

२८ फागुन, काठमाडौं । बागमती सरसफाइ अभियानको २०० औं हप्ता पुगेको अवसरमा आज ‘बागमती पदयात्रा’ गरिँदैछ ।

१५ वटा मुख्य र ३ वटा सहायक स्थानमा एकसाथ सरसफाइसँगै पदयात्रा गरिँदैछ । पदयात्रामा प्रमुख दलका शीर्ष नेताहरु सहभागी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शंखमूल क्षेत्रमा, नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तिलंगगामा, एमाले नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल कोटेश्वर महादेवस्थान क्षेत्रमा सरसफाई अभियानमा सहभागी हुनेछन् ।

पदयात्रामा पनि १ लाखभन्दा बढीको उपस्थिति रहने आयोजकको दाबी छ ।

२०७० जेठ ५ देखि सुरु भएको अभियानलाई थप सशक्त र प्रभावकारी बनाउन सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा गर्न लागिएको हो । अभियानअन्तर्गत अहिलेसम्म पाँच लाखभन्दा बढी जनसहभागितामा काठमाडौंका विभिन्न नदीनालाबाट सात हजार दुई सय मेट्रिक टन फोहोर संकलन तथा व्यवस्थापन गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment