Comments Add Comment

एनआइसी एसियाको हकप्रद चैत १६ गतेबाट


२९ फागुन, काठमाडौं । एनआइसी एसिया बैंकले चैत १६ गतेबाट १५ प्रतिशत अर्थात् १ सय बराबर १५ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।

चैत ७ गतेसम्म सेयर किन्ने वा बैंकको सेयरमा स्वामित्व रहेका सेयरधनीले मात्र आवेदन दिन पाउँने छन् । बैंकको सेयरमा बैसाख १९ गतेसम्म खुला रहने छ । बैंकको सेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल र एनआइसी एसियाका सबै शाखाबाट आवेदन दिन सकिनेछ ।
हाल ५ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको हकप्रद जारी भएपछि यो पुँजी ६ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले आगामी असार मसान्तसम्ममा ८ अर्ब चुक्ता पुँजी पुुर्याउनुपर्ने हुन्छ । बैंकले आव २०७५/७६ सम्ममा चुक्तापुँजी ९ अर्ब ४४ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । यसो भएमा लगानीकर्ताले हकप्रदपछि पनि तीनवर्षसम्ममा करीब ४१ प्रतिशत बोनस वा हकप्रद प्रतिफल पाउँन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment