+
+

विदेशी पर्यटक यसरी रंगिए होलीमा, हेर्नुस् ७ तस्वीर

कविन अधिकारी कविन अधिकारी
२०७३ फागुन २९ गते १६:१८

२९ फागुन, काठमाडौं । रंगहरुको पर्व होली नेपालीहरुको प्रमुख चाडमध्येको एक हो । खासगरी हिन्दु धर्मावलम्बीहरुले एकअर्कामा रंग दलेर मनाउने यो चाड विदेशीहरुले रमाइलो गरी मनाएका छन् ।

नेपाल घुम्न आएका विदेशी पर्यटकहरु काठमाडौं शहरमा रंगिएको देखियो । उनीहरुले ‘ह्याप्पी होली’ लेखिएका सेता टिसर्ट लगाएका थिए र एकअर्कालाई रंग अबिर दलिरहेका थिए ।

असन, बसन्तपुर, ठमेललगायतका पर्यटकीय क्षेत्रमा भेटिएका विदेशी पर्यटकहरुलाई नेपाली नागरिकहरुले पनि आत्मियतापूर्वक अबिर दलिदिएको दृष्य देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?