+
+

एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १ गते १५:३९


१ चैत, काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी नियुक्त भएका छन् ।  स्थापनाकाल देखि बैंकमा रहेका यसअघिका पुर्व प्रमुख उपेन्द्र पौड्यालको अवकाससँगै बैंकको सञ्चालक समितिले केसीलाई चैत १ गतेदेखि लागु हुने गरेर प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । मंगलबार बैंकमै आयोजित एक कार्यक्रममा संञ्चालक समितिका पदाधिकारीहरुको रोहवरमा अध्यक्ष पवन कुमार गोल्याणले केसीलाई पद बहालीको लागि सपथ ग्रहण समेत गराएका छन् ।

२७ वर्ष लामो बैंकिङ अनुभव भएका केसी बैकिङ क्षेत्रमै सटिक विश्लेषण गर्न सक्ने ब्यक्तिका रुपमा चिनिन्छन् । बिगत ८ बर्ष देखि एनएमबि बैंकसँग आबद्ध केसीको एनएमबि बैंकलाई यो स्थानमा ल्याउनमा  महत्वपुर्ण योगदान रहेको छ । पौड्याल र केसी दुवैजना तत्कालिन ग्रिण्डलेज (हालको स्ट्याण्डर्ड चार्टर्ड बैंक) का उत्पादन हन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?