+
+

काठमाडौंमा दुई दिने ‘वर्डक्याम्प काठमाडौं २०२३’ हुने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते २१:०७

१८ भदौ, काठमाडौं । नेपालमा दुई दिने ‘वर्डक्याम्प काठमाडौं २०२३’ हुने भएको छ । वर्डप्रेस प्रयोगकर्ताहरूलाई एकत्रित गर्दै भाद्र २२ र २३ गते वर्डक्याम्प काठमाडौं २०२३ क्याम्प भएको हो ।

काठमाडौंको गैरीधारामा हुने उक्त कार्यक्रममा वर्डप्रेसलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्नेहरु, वर्डप्रेस विशेषज्ञहरु तथा वर्डप्रेस जान्न उत्सुकहरु सहभागी हुन सक्‍ने आयोजकले जनाएको छ ।

कार्यक्रममा मूलतः काठमाडौं वर्डप्रेस समुदायले विभिन्न देशमा कार्यरत वर्डप्रेस विशेषज्ञ, कम्पनीहरु बीच सहकार्य, शिक्षा, र नेटवर्किङ गर्ने बताइएको छ। साथै वर्ड क्याम्पमा विविध पृष्ठभूमिबाट सहभागीहरू हुने बताइएको छ जसमा सामान्य प्रयोगकर्ताहरूदेखि मूल डेभलपरहरूसम्मको समुहले जानकारी र विशेषज्ञता आदान प्रदान गर्नेछन्।

वर्डक्याम्प काठमाडौं २०२३ ले सम्पूर्ण सहभागीहरुलाई ओपन सोर्स प्लेटफर्ममा जोडिन र अनुभव साट्नलाई विशेष अवसर प्रदान गर्नेछ।

यस्तै पहिलो दिन भाद्र २२ गते ‘कन्ट्रिब्यूटर डे’को रूपमा तालिकामा समावेश गरिएको छ जसमा सहभागीहरु वर्डप्रेस इको सिष्टममा आफूलाई कसरी स्थापित गर्ने, नयाँ कुरा कसरी सिक्ने र अनुभव साटफेर गर्ने कुरामा छलफल गर्नेछन् ।

सम्मेलनको दोस्रो दिनमा प्रमुख कार्यक्रमका सत्रहरु राखिएका छन् जसमा सबै प्राथमिक वा अनुभवी डेभलपरहरूका लागि अनुकूल शैलीका सत्रहरू राखिएका छन्। जसमा डब्लूपी चौतारी (यसमा अन्तरक्रिया र अनुभवहरू आदानप्रदान गर्न पाउनेछन्।), फोटो कन्टेस्ट (सहभागीहरु यसमा भाग लिई उत्कृष्ट हुनेको सामाजिक सञ्जालमा ह्यासट्याग #WCKTMसंग सम्बन्धित भएर फोटो पोस्ट गर्दा उनीहरूको लागि शानदार पुरस्कारको व्यवस्था गरिएको छ ।) र सहभागी सबैलाई दुई वटा प्यानल बनाई छलफल गराएर प्यानल वर्डप्रेस व्यवसायिक उत्पादनको बारेमा जानकारी दिइनेछ।

यतिमात्रै नभई वर्डक्‍याम्प काठमाडौंले गैरनाफामुलक संस्थाहरूको नि:शुल्क वेबसाइट बनाइ दिने ‘युनिक डु एक्शन’ कार्यक्रमको आयोजना गर्नेछन् जसले उनीहरूको अनलाइन पहुँचलाई बढाउन सहयोग हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?