Comments Add Comment

चुच्चेपाटीस्थित भूकम्प पीडितको टहरोमा डोजर चल्यो

१ चैत, काठमाडौं । स्थानीय प्रशासनले बौद्ध चुच्चेपाटीस्थित भूकम्प पीडितहरुको टहरा डोजर लगाएर भत्काएको छ ।

१२ वैशाख २०७२ को विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोक, दोलखा, रसुवा लगायतका जिल्लाबाट आएका भूकम्प पीडितहरुले पालको अस्थायी टहरा बनाएर चुच्चेपाटीमा बसेका थिए । त्यहाँ २४३ परिवार बस्दै आएका थिए ।

मंगलबार विहान प्रहरीको सहयोगमा स्थानीय प्रशासनले अस्थायी टहराहरु हटाएको छ । पूर्वसूचना दिएर नै अस्थायी टहराहरु हटाइएको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दबाडीले अनलाइनखबरसँग भने, ‘सरकारले राहत दिइसकेको छ । उहाँहरु अब आ-आफ्नो जिल्लामा जानुपर्छ ।’

काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले पनि गृह मन्त्रालयको आदेशपछि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर अस्थायी टहरा हटाएको बताए ।

स्थानीय प्रशासनले जग्गा खाली गर्न झण्डै एक महिनादेखि माइकिङ गर्दै आएको थियो ।

पासाङल्हामुको शालिक नजिक भूकम्प पीडितहरु बस्दै आएको जग्गा तारागाउँ विकास समितिको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment