+
+

भूकम्पको क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरीबाट २ हजार ५०० जनशक्ति परिचालित

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १२:३५
फाइल तस्वीर ।

२३ पुस, काठमाडौं । आज बिहानको भूकम्पबाट भएको क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरीले करिब २ हजार ५०० जनालाई परिचालन गरेको जनाएको छ । कोशी, मधेश र बाग्मती प्रदेशमा रहेका युनिटहरुबाट करिब २ हजार ५ सय जना परिचालन गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको हो ।

प्रहरीका अनुसार हालसम्म मानवीय र भौतिक क्षतिको विवरण आएको छैन ।

भूकम्पको धक्काले आत्तिएर घरको छतबाट हाम फाल्दा काठमाडौंको स्युचाटारमा एक जना व्यक्ति घाइते भएका छन् । उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका ११ जना विद्यार्थी बेहोस भएका छन् ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन, रामेछापमा एउटा गोठ तथा ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।

आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पको धक्का नेपालका कोशी, मधेश र बागमती प्रदेशका जिल्लाहरुमा महसुस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?