Comments Add Comment

एमालेको अभियान बिथोल्न कैलाली बन्द आहृवान, बन्दको प्रभाव सामान्य

२ चैत, कैलाली । एमालेको मेची-महाकाली अभियानप्रति आपत्ति जनाउँदै थारुहट तराई पार्टी नेपालले गरेको कैलाली बन्दको प्रभाव सामान्य परेको छ ।

एमालेले खोक्रो राष्ट्रवादको नारा भजाएर मधेसमा जातीय र साम्प्रदायिक द्वन्द्व निम्त्याएको भन्दै थारुहट तराई पार्टी जिल्ला कार्य समिति कैलालीले कैलाली बन्दको आहृवान गरेको हो ।

प्रेस विज्ञप्ति जारी गर्दै थारुहट तराई पार्टीले एमालेको मेची-महाकाली अभियानमा कसैलाई पनि सहभागी नहुन समेत अपिल गरेको छ ।
थारुहट तराई पार्टी नेपालले एमालेको अभियानले जातीय एवं सामाजिक सदुभाव भड्काएको आरोप लगाएको छ ।

एमालेले अभियानअन्तर्गत आज कैलालीको टीकापुरमा सभा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment