Comments Add Comment

सेयर कारोबारमा समस्यै–समस्या, ६ बजेसम्म खुलेर बन्द भयो बजार

१३ चैत, काठमाडौं । कारोबार प्रणालीमा समस्या आउँदा आज बुधबार साझ ६ बजेसम्म सेयर कारोबार खुला भएको छ । बुधबार दिउँसो आएको समस्याका कारण साँझसम्म कारोबार खुला भएको हो ।

दैनिक बिहान ११ बजेबाट खुला भएर दिउँसो ३ बजे बन्द हुने सेयर कारोबारमा दिउँसो २ नबज्दै समस्या आएको थियो ।

समस्या आएर कारोबार नै ठप्प भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले साँझ ६ बजेसम्म कारोबार खुला गर्ने निर्णय गरेको हो ।

दिउँसो ४ घण्टा हुने कारोबारमा १ घण्टा १८ मिनेट कारोबार नभए पछि समय थप गरिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।

पराजुलीका अनुसार ४ बजेर ४० मिनेट गएपछि कारोबार खुला गरिएको हो भने साँझ ६ बजेसम्म कारोबार चल्नेछ । ६ बजे बन्द भएकाे बजार १ दशमलव ८० अंकले बढेर बन्द भएकाे छ । काराेबार रकममा भने उल्लास देखिएकाे छ । बुधबार ४८ कराेड भन्दा माथिकाे सेयर काराेबार भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment