
१३ चैत, सिन्धुपाल्चोक । सरकारले प्रतिबन्ध लगाएको नेकपा विप्लव समूहका १७ कार्यकर्तालाई जिल्ला अदालतले तारेखमा छाड्न आदेश दिएको छ ।
सांगठिनक गतिविधि गरिरहेको बेला चौतारा साँगाचोकगढी नगरपालिका कार्कीटारबाट १७ जना पक्राउ परेका थिए । प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा चलाए पनि अदालतले केहीलाई धरौटी र केहीलाई साधरण तारेखमा छाड्ने आदेश दिएको छ ।
न्यायधीश टीकाराम आचार्यको इजलासले इन्द्रबहादुर ठकुरीलाई २५ हजार धरौटीमा छाड्ने आदेश दिएको छ । त्यस्तै रमिता अधिकारी, हिरा खत्री र सबिता श्रेष्ठ साधरण तारेखमा रिहा भएका छन् भने बाँकी १३ जनालाई ६÷६ हजार धरौटीमा छाड्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।
विप्लव समूहका कार्यकर्ता संगठन विस्तारका क्रममा काभ्रे, दोलखा, जाजरकोटलगायतका जिल्ला पुगेर कार्कीटार आइपुगेका थिए । खाना खाएर सुतिरहेका बेला प्रहरीले घेरा हालेर पक्राउ गरेको थियो । उनीहरुको साथबाट दुई थान हम्मर, फलामा काट्ने कटर, विद्युत प्राधिकरणलाई चन्दाको लागि लेखिएको पत्रलगायतका सामग्री बरामद गरेको थियो ।
प्रतिक्रिया 4