+
+
Shares

म प्रेमीको खोजीमा छैनः प्रियंका

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २ गते ११:५२


बलिउड नायिका प्रियंका चोपडाले आफ्नो जीवन खुशीले भरिएको बताएकी छिन् । एक बेलायती मिडियासँग कुराकानी गर्दै प्रियंकाले भनेकी छिन्-‘म कसैको प्रेमको खोजीमा छैन ।’

मान्छेको जीवनमा प्रेम स्वभाविक हुन्छ भन्दै उनले भनेकी छिन्-‘प्रेम स्वभाविक हुन्छ तर, म प्रेमको खोजीमा छैन । म यस्तो कुरामा विश्वास पनि गर्दिनँ ।’

त्यसो त उनी आफैलाई सुन्दरी मान्दिनन् । किशोर अवस्थामा उनकी आमाले उनलाई मिस इण्डिया प्रतियोगितामा सहभागी गराएकी थिइन् भने प्रतियोगीतामा उनले उपाधी हात पारेकी थिइन् ।

प्रियंकाको विवाहको विषयमा बलिउडमा समेच चर्चा हुने गरेको छ । उनकी आमा मधु चोपडाले पनि प्रियंकाको विवाह गराउन चाहेको कुरा सार्वजनिक गरेकी थिइन् । बलिउडमा करिअर बनाएपछि अमेरिका पुगेकी प्रियंका अहिले हलिउड चलचित्र र सिरियलमा ब्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?