Comments Add Comment

स्थानीय चुनावका लागि करिब २१ हजार मतदान केन्द्र

२ चैत, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचन गराउन करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी गरेको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचन गराउनका लागि अहिले मतदान केन्द्र छनोट कार्य भइरहेकाले करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी भएको बताए ।

उनले प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्लास्थित सुरक्षाप्रमुख, जिल्ला निर्वाचन कार्यालय, सम्बन्धित नगरपालिका तथा गाउँपालिकाका प्रमुख र राजनीतिक दलका प्रतिनिधिलाई मतदान निर्धारण गर्न दिएको बताए।

‘अहिले जिल्लामा मतदान केन्द्र निर्धारण गर्ने कार्यभइरहेको छ’ उनले भने, ‘यही १० गतेसम्म सबै निर्वाचन कार्यालयलाई मतदान केन्द्र निर्धारण गरेर हामीलाई पठाउन भनेका छौ ।’

उनकाअनुसार मतदातालाई पायकपर्ने, भिड नहुने र सुरक्षित ठाउँलाई मतदान केन्द्र निर्धारण गर्न आयोगले निर्देशन दिएको छ ।

सरकारले स्थानीय तहको सङ्ख्या निर्धारण गरेपनि आयोगले मतदान गर्नका लागि मतदान केन्द्र तोक्न निर्देशन दिएको हो ।

स्थानीय तहको निर्वाचन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने आयोगका सहसचिव समेत रहेका शर्माले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment