+
+
Shares

फोरम नेपालद्वारा सरकारको समर्थन फिर्ता, सभामुखलाई बुझाइयो पत्र

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २ गते १५:४९

२ चैत, काठमाडौं । मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समाजवादी फोरमले सभामुख ओनसरी घर्ती मगर मार्फत वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो ।

फोरम संसदीय दलका नेता अशोक राइले हस्ताक्षर गरेको पत्र दलका प्रमुख सचेतक शिवजी यादवले बुधबार सभामुखलाई बुझाएका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ताको पत्र थमाउँदै प्रमुख सचेतक यादवले मोर्चाका अन्य दलहरुले पनि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए ।

उपेन्द्र यादव नेतृत्वको फोरम नेपालका १५ सांसद छन् ।

हेर्नुहोस् समर्थन फिर्ताको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?