Comments Add Comment

टीकापुरमा एमाले नेताको शानः हेर्नुहोस् १४ तस्वीर

२ चैत, कैलाली । मेची महाकाली राष्ट्रिय अभियान अन्तरगत बुधबार कैलालीको टीकापुरमा एमालेले शक्ति प्रदर्शन गर्‍यो । सभामा थारु समुदायका कार्यकर्ताहरु आ-आफ्ना परम्परागत भेषभुषामा सजिएका थिए भने एमालेका शीर्ष नेताहरु दुबोको माला लगाएर बेहुलोजस्तै बनेका थिए ।

गतवर्ष अशान्त बनेको कैलालीमा शािन्तपूर्णरुपमा एमाले नेताहरुले सभा सम्पन्न गरेपछि उत्साही बनेका छन् । कार्यक्रमको सहभागिताले मात्रै होइन, कुनै अशान्ति नभएको र शान्तरुपमा सभा सम्पन्न गरेकोमा नेताहरुले सफलता महसुस गरेका हुन् ।

कार्यक्रममा क्षेत्रीहरूले तलबार नाच देखाएका थिए भने दमार्इ जातिकाे परम्परागत दमाहासहित झाँकीसमेत निकालिएको थियो । एमाले नेता माधवकुमार नेपालले ढाकी बोकेका थारू युवतीहरूसँग हात मिलाएर अभिवादन साटेका थिए ।

एमालेको सभालाई लक्षित गरी थरुहट पार्टीले कैलाली बन्दको घोषणा गरेकाले तनाबको डर नेताहरुलाई थियो । टीकापुरको सभा सकेर एमाले नेताहरु बुधबार लम्कीतर्फ लम्किएका छन् ।

कैलालीपछि अब कञ्चनपुर जिल्लाको कार्यक्रम सकिएपछि एमालेको पहिलो चरणको अभियान सकिने छ ।
कैलाली टीकापुरमा एमालेको सभामा अनलाइनखबरकर्मी कमल प्रसाईंले खिचेका केही दृश्यहरु यस्ता छन्ः


















 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment