Comments Add Comment

खुुट्टा बटारेरै विश्व कीर्तिमान (भिडियोसहित)

गिनिज बुकमा नाम लेखाउनका लागि धेरै ठूलो काम गर्नुपदैन रहेछ । बेलायतको लण्डनका एक १४ वर्षे किशोरले आफ्ना खुट्टा फनक्क पछाडि फर्काइदिए र गिनिज बुकमा नाम लेखाइहाले ।

म्याक्सवेल डे नामका यी किशोरका अद्धितीय रुपमा लचकदार खुट्टा उनका पहिचान हुन् ।

सन् २०१५ को माइनक्राफ्ट कन्फ्रेन्सका क्रममा उनको क्षमताको आविष्कार भएको थियो । त्यतिबेला उनले खुट्टा बटार्नेे विधामा गिनिज बुकधारी मोसेस लानहामको फोटो देखे ।

उनलाई आफुले त त्यसभन्दा बढि नै खुट्टा बटार्न सक्छु भन्ने लाग्यो । गिनिज वर्ल्ड रेकर्डसका अधिकारीहरु समेत सहभागी भएको उक्त कार्यक्रममा उनले गिनिज वर्ल्ड रेकर्डसका स्टाफहरुसँग आफ्नो कुरो राखे ।

उनले निवेदनमा विचार गरी उनलाई आफ्नो कौशल देखाउन लगाइयो । अन्ततः उनले आफ्नो दाहिने खुट्टा पाइताला सहित १५७ डिग्री र देब्रे १४३ डिग्री घुमाएको प्रमाणित भयो । जबकी यसअघिका रेकर्ड होल्डर मोसेसले १२० डिग्री मात्र घुमाएका थिए ।

उनको नाम सन् २०१७ को गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा छापिएको छ ।

आफुुले सधै खुुट्टा बटार्दै आएको र आफ्नो क्षमता सबैलाई देखाउन चाहेको भन्दै उनले आफुले सजिलै सँग खुट्टा बटार्न सक्ने र कुनै दुखाई महसुस नहुने बताउँछन् ।

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment