Comments Add Comment

कंगनाको पक्षमा उभिए मनोज, भने-‘उनलाई कसैको आशीर्वाद चाहिँदैन’


निर्माता करण जौहरलाई भाई भतिजालाई च्यापेको आरोप लगाउने नायिका कंगना रनौटका बारेमा टिप्पणी गर्दै मनोज बाजपेयीले भनेका छन्-‘कंगना क्षमतावान् नायिका हुन्, म उनको अभिनय क्षमताको प्रसंशक हुँ ।’

उनले यो पनि भनेका छन् कि-‘कंगना क्षमतावान् छिन्, उनलाई कसैको आर्शिवाद नभएर केहि फरक पर्दैन । किनकी उनी आफ्नै क्षमताले यहाँसम्म आएकी हुन् ।’
शिवम नायर निर्देशित चलचित्र ‘नाम शबाना’मा तापसी पन्नुसँगै मनोज बाजपेइले पनि मुख्य भुमिका निर्वाह गरेका छन् । यो चलचित्र ३१ मार्चमा रिलिज हुने भएको छ ।
‘अलिगढ, राजनीति, ग्याङ्स अफ वासेपुर, स्पेशल २६’ जस्ता चलचित्रमा अभिनय प्रभाव छाडेका मनोज बाजपेयीले २३ वर्षे अभिनय यात्रामा केही असफल चलचित्रमा पनि काम गरे । ‘मैले पैसाका लागि केही खराब चलचित्रमा पनि काम गरेँ ।’ उनले भने ।

बैंकको लोक चुक्ता गर्नुपर्ने भएकाले पनि खराब चलचित्रमा काम गर्न वाध्य भएको उनको भनाई थियो । सानो छँदा आफ्नो बुबाले बैंक लोनमा ट्याक्टर किनेको र ट्याक्टरको लोन चुक्ता गर्न नसकेको उनले अनुभव गरेका थिए । ‘म चाहन्थेँ मेरो बुबाको जस्तै समस्या मैले भोग्नु नपरोस् ।’

२३ वर्षे यात्रामा उनी चार वर्ष काम बिहिन हुन पुगे । प्रकाश झाले ‘राजनीति’मा काम गराएपछि पुनः उनले काम पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment