+
+

इन्टरनेटबाट लगानीकर्ताले आदेश दिन सक्ने सफ्टवेयर तयार

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ४ गते १४:४९

४ चैत, काठमाडौं । धितोपत्र बोर्डले लगानीकर्ताहरुले इन्टरनेटबाट आदेश दिन सक्ने सफ्टवेयर तयार भइसकेको जानकारी गराएको छ ।

‘यस्तो सफ्टवेयर तयारी भैसकेकोले सो तत्काल प्रयोग गर्न सकिन्छ ’ ब्रोकर कम्पनी र सफ्टवेयर निर्माता कम्पनीसँग गरेको छलफलमा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले भने । ब्रोकरहरुले हाल प्रयोग गर्दे आइरहेको ब्रोकर व्याक अफिस सफ्टवेयर मार्फत लगानीकर्ताहरुले सरल र सहज रुपमा इन्टरनेट मार्फत खरिद विक्री आदेश दिन सक्ने व्यवस्था गर्न बोर्डले हालै परिपत्र जारी गरेको थियो । गिरीले आगामी दिनमा अनलाईन मार्फत कारोवार हुने हुँदा यसलाई त्यसको पूर्वाभ्यासका रुपमा लिनको लागि यो व्यवस्था गरिएको बताए ।

छलफलमा ब्रोकरहरुले लगानीकर्ताहरुले आफूले दिएको खरिद बिक्री आदेश तुरुन्तै हेर्न मिल्ने, आदेश अनुसार कार्यान्वयन गर्न पर्ने तथा आदेश रद्द गर्न मिल्ने/नमिल्ने जस्ता सुविधा प्रणालीमा हुनुपर्ने व्यवस्थाको माग राखेका थिए । त्यसै गरी धितोपत्र दलाल व्यवसायीहरुले सो प्रणालीमा सुधार/थप गर्दा केही कम्प्युटर र जनशक्तिको आवश्यक्ता पर्ने जस्ता समस्याहरु पनि उठाएका थिए । छलफलमा सफ्टवेयर निर्माता कम्पनीहरुले लगानीकर्ता तथा दलाल व्यवसायीहरुबाट उठेका समस्याहरुलाई निराकरण गर्न प्रणालीमा सामान्य सुधार गरी इन्टरनेट मार्फत खरिद विक्री आदेश दिन सक्ने सम्बन्धमा थप प्रष्ट पारेका थिए ।
नेप्सेले आफ्नो स्वचालित कारोबार प्रणालीलाई प्रतिस्थापन गरी अनलाइन कारोबार प्रणाली ल्याउन लागिरहेको सम्बन्धमा अन्तरकृया गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?